• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

एमाले महाधिवेशन : चार खण्डमा विशाल मञ्च निर्माण हुने, २० वटा डिस्प्ले बोर्ड राखिने

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारमा मञ्च निर्माणको काम धमाधम भइरहेको छ । बाढीले खाल्टाखुल्टी पारेको ठाउँमा माटो भरेर जमिनको सतह मिलाइँदै छ । महाधिवेशनमा लाखौँ जनता सहभागी हुने भएकाले नारायणगढस्थित नदी किनारको उत्तरपट्टि कुनामा थुप्रिएको ढुंगालाई पनि डोजरको सहायताले समथर बनाउने काम भइरहेको छ । यस ठाउँमा चार खण्डमा मञ्च निर्माण हुने एमालेले जनाएको छ ।

    चितवनमा १०-१२ मंसिरसम्म हुने महाधिवेशनको उद्घाटन सत्र १० मंसिरमा नारायणी नदी किनारमा हुने भएको हो । प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओलीसहित स्थायी कमिटीका सदस्य र अतिथि बस्ने मुख्य मञ्च बीच भागमा हुने छ । त्यसको छेउमा भाषण गर्नका लागि छुट्टै खण्डको मञ्च बन्ने छ । मुख्य मञ्चको छेउमा केन्द्रीय सदस्य बस्ने र कलाकारले प्रस्तूति देखाउन छुट्टाछुट्टै मञ्च निर्माण हुने एमाले केन्द्रीय सदस्य एवं महाधिवेशन स्वयम्सेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

    ‘महाधिवेशनका लागि चार खण्डमा भव्य मञ्च निर्माण गर्दै छौँ । त्यसको लागि बुधबारदेखि खाल्टाखुल्टी पुर्ने काम भइरहेको छ’, उनले भने । ९ मंसिरको साँझसम्म मञ्च निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ । एक पटकमा ७२ जना कलाकार सहभागी हुन मिल्ने गरी कलाकारका लागि मञ्च निर्माण हुने उनले बताए । ७२ जना कलाकारको आर्केष्टा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइने उनले जानकारी दिए । मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन् । जमिनको सतह मिलाइ सकेपछि प्राविधिकसहितको स्वयंसेवकको संख्या बढ्ने उनले बताए । मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीलाई राखिने छ ।

    महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेलाई नारायणी नदीको दुवै किनारमा राखिने भएको छ । चितवनतर्फ पर्ने नदी किनारमा डेढ लाख कार्यकर्ता मात्रै सहभागी हुन सक्ने श्रेष्ठ बताउँछन् । ‘मञ्च निर्माण हुने नदी किनारमा डेढ लाख अटाउलान् । त्यसो भएकाले सहभागीलाई चितवन र नवलपुर दुवै तर्फको नदी किनारमा राख्छौँ,’ उनले भने, ‘टाढा बस्नेका लागि डिस्प्ले बोर्ड राख्छौँ । सहभागी आउने/जाने पनि भइरहने हुनाले पाँच लाख जनालाई व्यवस्थापन गर्न सकिन्छ भन्ने विश्वास छ ।’ महाधिवेशन स्थल र बजारका मुख्य चोक पुलचोक, लायन्सचोक लगायतका चोकमा गरी २० वटा डिस्प्ले बोर्ड राखिने उनले बताए ।

    त्यसबाट सहभागीले बजारबाट पनि लाइभ कार्यक्रम हेर्न सक्ने उनको भनाइ छ । मञ्चमा राखिने साउण्ड सिस्टम र टेन्ट कहाँबाट ल्याउने भनेर अझै यकीन नभएको उनी बताउँछन् । महाधिवेशन उद्घाटन सत्र हुने दिनमा नदी किनारमा सञ्चालित ठेला व्यवसायहरु बन्द हुने भएका छन् । चितवनतर्फको नदी किनारमा अहिले ५० भन्दा बढी ठेला व्यवसाय सञ्चालनमा छन् ।

    ठेला व्यवसाय यथास्थितीमा सञ्चालन हुँदा सहभागीलाई ठाउँ नपुग्ने भएकाले एक दिनको लागि व्यवसाय बन्द गर्न आग्रह गरिने उनले बताए । महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि कार्यक्रम स्थलमा हुने फोहोर व्यवस्थापन स्वयम पार्टीले नै गर्ने उनले जानकारी दिए । फोहोर टिप्नका लागि पनि स्वयमसेवक खटाइने भएको छ ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.