• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

चितवन कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतदान सकियो, छ पदका लागि १८ जनाको उम्मेद्‌वारी

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रबार चितवनको छ वटै प्रदेश निर्वाचन क्षेत्रमा मतदान सकिएको छ । बिहान ९ बजेबाट भएको मतदान प्रक्रिया केहीबेर अघि सकिएको मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए ।

    शुक्रबार साँझदेखि नै मतगणना हुने भएकोले शनिबार बिहानसम्ममा मतपरिणाम आइसक्ने उनले बताए । उनका अनुसार कुल ३४५ जना मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर १ (क)का लागि खैरहनी नगरपालिका–९ स्थित पुन समाजको भवनमा मतदान भएको थियो ।  यस क्षेत्रको सभापति पदका लागि कृष्णबहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरीको उम्मेदवारी परेको छ ।

    ५६५ मतदाता रहेको निर्वाचन क्षेत्र नं १ (ख)को लागि  रत्ननगरको होटल स्टारमा निर्वाचन भएको थियो। यस क्षेत्रमा सभापति पदका लागि गोविन्द गौतम, रामहरि न्यौपाने र सुजन थापाको उम्मेद्‌वारी परेको थियो ।

    ४७७ मतदाता रहेको निर्वाचन क्षेत्र नं २ (क)को मतदान भने उद्योग वाणिज्य संघमा भएको थियो, जहाँ सभापति पदका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका थिए ।

    सोही निर्वाचन क्षेत्र नं २ (ख)को निर्वाचन भने यज्ञपुरीमा रहेको संगोल पार्टी प्यालेसमा भएको थियो, जहाँ ४९२ जना मतदाता छन् । सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, रचन कार्की र रोशन शाही ठकुरीले सभापति पदका लागि उमेदवारी दर्ता गराएका थिए ।

    ६०५ जना मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर ३ (क)को लागि शारदानगरस्थित शहीदस्मारक कलेजमा मतदान भएको थियो । यस क्षेत्रमा सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाले उम्मेदवारी दर्ता गराएका थिए ।

    सोही क्षेत्रको निर्वाचन क्षेत्र नम्बर ३ (ख)को निर्वाचन पार्वतीपुरको सत्कार पार्टी प्यालेस पार्वतीपुरमा भएको थियो, जहाँ ३५५ जना मतदाता छन् । क्षेत्रीय प्रतिनिधिहरूले मतदान गर्दै छन् । यस क्षेत्रमा सभापति पदका लागि अशोक लामा, ओमप्रसाद पोख्रेल, राम कुँवर र शोभाखर चापागाईले उम्मेद्‌वारी दर्ता गरेका छन् ।

    हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक जना सभापति, दुई जना उपसभापति, दुई जना सचिव, दुई जना सहसचिव निर्वाचित गर्नेछ । यस्तै, १६ देखि १८ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रमुख निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए। न्युज कारखाना

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.