• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

चितवनलाई माछामा आत्मनिर्भर घोषणा

  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिएको छ । नेपाल मत्स्य व्यवसायी संघ चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि आत्मनिर्भर भएको घोषणा गरेको हो ।

    जिल्लामा हाल ४ हजार ३८ मेट्रिक टन माछा बार्षिक उत्पादन हुँदै आएको र २ हजार ६ सय मेट्रिकटन खपत हुँदै आएको छ । यहाँ बार्षिक ३ हजार मेट्रीकटन माछाको माग हुने गरेको संघका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँको अनुसार यस वर्ष उत्पादन वढे ६ हजार ६ सय ५३ मेट्रिकटन माछा उत्पादन हुने लक्ष्य राखिएको छ । १ हजार ३ सय ७ जना व्यवसायीक माछा खेती गर्नेहरु रहेको छन् । जहाँ २ हजार ८ सय ३१ जनाले प्रत्यक्ष रोजगार पाईरहेको सो अबसरमा जानकारी दिईयो ।

    जिल्लामा उत्पादीत माछा मध्ये दैनिक २ टन जिल्ला बाहिरका वजारहरुमा जाने गरेको सो अबसरमा जानकारी दिईयो । जिल्लामा हाल दैनिक १ टन माछा छिमेकी राष्ट्र भारतबाट आउने गरेको भए पनि जिल्लाको वजारलाई यहीको उत्पादनले धान्ने गरेका यस जिल्लालाई माछामा आत्मनिर्भर भएको संघले सो घोषणा गरेको हो । यहाँ उत्पादीत माछाको मुख्य वजार चितवन, पोखरा र काठमाडौं रहने गरेको छ । जिल्लाका मुख्य वजारहरुमा केही मात्रामा फर्मालिन प्रयोग गरिएका माछा देखिएको भन्दै उहाँले यसलाई रोक्नका लागि स्थानिय निकायहरु संग सहकार्यका लागि माग गरिएको बताउनुभयो । अहिले चितवनको वजारमा १ हजार ५ सय मेट्रिकटन बिक्रिका लागि तयारी भए पनि स्टकमा राखिएको छ ।

    वि. सं. २०३८ सालदेखि माछा पालन सुरु गरिएको यस जिल्लामा २०६७ सालदेखि व्यवसायीक रुपमा सुरु गरिएको थियो । माडीको गोपालनगर र भरतपुरको शंकर चोकमा व्यक्तिगत प्रयोजनका लागि माछा पालिएको भए पनि यसको बिस्तारको अबधि २०४८ सालबाट सुरु भएको मान्न सकिन्छ । राज्यले माछा पालन व्यवसायमा २०४८ सालबाट अनुदान दिन थालेको थियो । तर पनि व्यवसायीक हुन नसकेको यो व्यवसाय अहिले आएर व्यवसायीक संगै आत्मनिर्भर भएको नेपाल मत्स्य व्यवसायी संघ केन्द्रिय महासचिब जोगेन्द्र चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो “राज्यले मत्स्य व्यवसायीलाई आत्मनिर्भर घोषणा गर्नका लागि कुनै निकायले ध्यान दिन नसकेकाले हामी आँफैले घोषणा गर्नु परेको हो ।”

    यहाँ ७ सय हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ । माछा पालनका लागि ५ सय १३ हेक्टर क्षेत्रफल मात्रै प्रयोग भएको छ । नेपालमा अहिले ५५ हजार मेट्रीकटन माछा खपत हुँदै आएको छ । जस मध्ये ३० देखि ४० प्रतिशत नेपालको उत्पादनले धान्दै आएको छ । नेपालमा उत्पादीत माछा भन्दा बाह्य वजारबाट आएका माछा व्यवसायीले सस्तोमा पाउने भएकाले नेपाली वजारमा ती माछाको प्रयोग वढ्दो क्रममा रहेको चौधरीको भनाई छ । देशभरी ७० प्रतिशत व्यवसायीहरुले बिदेशी माछाको प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.