साकेतिक तस्विर
चितवन । भरतपुर अस्पताल नजिकै एक पुरुषको वेवारिसे शव फेला परेको छ । भरतपुर अस्पताल नजिकै जन स्वास्थ्य कार्यालय जाने बाटोको पुल मुनी शव फेला परेको हो ।
आज दिउँसो करिब ४ बजेको समयमा अन्दाजी ४५ बर्षे पुरुषको शव डिउटीमा रहेका प्रहरीहरुले फेला पारेका हुन् । शव लगभग ८ दिन पुरानो र किरा परि सकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका चितवनका प्रबक्ता नरहरी अधिकारीले बताए ।
मृतकको पहिचान नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








