• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

१८ वर्षमा हुम्लाका ४९४ बालबालिकाको उद्धार

  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिमकोट । २०५९ पौष २६ गते स्थापना भएको हिमाली नवीन समाजले हुम्लाबाट अठार वर्षको अवधिमा ४ सय ९४ जना बालबालिका उद्धार गर्नुका साथै परिवारसँग पुनर्मिलन गरेको छ । जिल्लामा स्थापना भएदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले अठार वर्षसम्म आइपुग्दा ४ सय ९४ जना बालबालिकाको उद्धार गरी उनीहरूको परिवारसँग पुनर्मिलन गरिएको हो ।

    बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले अलपत्रमा परेका बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाउने काम गरिरहेको छ । राम्रो पढाउनुका साथै उच्च शिक्षासम्म नि:शुल्क पठनपाठन गराइदिने प्रलोभनमा पारेर जिल्ला बाहिर लगिएका ती बालबालिकाको उद्धार गरिएको समाजका निर्देशक धनबहादुर लामाले बताए ।

    जिल्लाबाहिर नेपालगञ्ज, काठमाडौं, पोखरालगायत सहरबाट राष्ट्रिय बालअधिकार परिषद् तथा स्थानीय तह अर्थात्, सम्बन्धी गाउँपालिका र नगरपालिकामा रहेका होस्टेलमा, बालगृहबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको लामाले बताए ।

    गाउँबाट १२ कक्षाभन्दा माथिसम्म निःशुल्क पढाइ दिने प्रलोभनलगायत विभिन्न बहानामा बालबालिका जिल्ला बाहिर लग्ने गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कापी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिएर देशका विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेको अवस्थामा अधिकांश बालबालिकालाई उद्धार गरिएको उनले जानकारी दिए ।

    जोखिम अवस्थामा बालगृहमा रहेका तथा देशका चर्चित पर्यटकीय क्षेत्रबाट गरेर हुम्लाका हालसम्म ४ सय ९४ जनाको उद्धार गरिएको हो । विशेष गरी पर्यटकीय सहरबाट बढी उद्धार गरिएको र बालबालिकाको गन्तव्य नै पर्यटकीय क्षेत्रमा रहेको छ । उनले भने, ‘बसैभन्दा बढी पर्यटकीय क्षेत्रबाट देशभरका बालबालिका उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको छ ।’

    हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने निर्देशक लामाले बताए । हुम्लाका उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएका ४ सय ९४ बालबालिका मध्ये ९२ जना बालबालिकालाई समाजले संरक्षण गरिरहेको छ ।

    समाजले संरक्षण गरेका ५२ जना बालबालिकाको घरको आर्थिक अवस्था, उद्धार गरिएका प्रत्येक बालबालिकाको केश अनुसार उनीहरूलाई शिक्षाको सहयोग, आयआर्जनको सहयोगलगायत अलग-अलग क्षेत्रमा सहयोग गरिरहेको निर्देशक लामाले बताए ।

    उनले भने, ‘राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय तह तथा गाउँपालिका, नगरपालिकाको समन्वयमा अलपत्रमा परेका बालबालिकालाई उद्धार गरी परिवारसँग पुनर्मिलन गरेका छौं । पुनर्मिलनपछि पनि आर्थिक सहयोग गरेका छौं ।’

    नेपालको ६७ वटा जिल्ला मध्ये सबैभन्दा बढी हुम्ला, मुगु, सुर्खेत, धादिङ, सिन्धुपाल्चोक, जुम्लालगायतका जिल्लाहरूबाट बालबालिका अलपत्र पर्ने गरेको उनले बताए । हुम्ला, मुगु र सुर्खेत जिल्लाबाट हालसम्म बढी बालबालिकाको उद्धार गरी सम्बन्धित परिवारसँग पुर्न मिलन गरिएको लामाले बताए । हिमाली नवीन समाजले देशका विभिन्न बालगृहहरूमा छड्के गर्दा उनीहरू अलपत्रका पर्ने गरेपछि उद्धार गरिने गरेको हो । न्युज कारखाना

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.