चितवन । बागमती प्रदेशकी सांसद गीता वाग्ले महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । आज (मंगलबार) विहान सार्वजनिक मतपरिणाम अनुसार सांसद वाग्ले आठौं स्थानमा रहँदै पराजित भएकी हुन् ।
उनी चितवन क्षेत्र नं. २ बाट महिलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार बनेकी थिइन् । उनी २६८ मतका साथ आठौं स्थानमा रहिन् । महिलातर्फ ४ जना मात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु पर्ने थियो ।
जसमा ११ जनाले उम्मेद्वारी दिएका थिए । महिलातर्फ मिना कुमारी खरेल, विनु रायमाझी पौडेल, गीता कुमारी गुरुङ र निरु कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।








