• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

एमाले महाधिवेशनः अन्तिम लडाइँमा सुवास नेम्वाङ

  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  १०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ ।

    भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु भएको छैन । चितवन यतिबेला भीम रावललाई उपाध्यक्षमा मनाएर केपी ओलीलाई पुनः नेतृत्वमा स्थापित गर्न चाहन्छ ।

    रावललको अडान र ओलीको पक्षमा सर्वसम्मतको बहसमा केन्द्रित चितवनमा भेला भएकामध्ये एकजना नेता भने कार्यकारी राजनीतिक जीवनको अन्तिम लडाइँमा छन् ।

    २०२९ सालमा  अनेरास्ववियुको राजनीतिबाट उदाएका इलामे नेता सुवासचन्द्र नेम्वाङ चितवनमा वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने अडानमा छन् । उनलाई ओलीले राष्ट्रपतिको आश्वासन देखाए पनि मानेका छैनन् ।

    यसका पछि एउटै कारण छ- नेम्वाङका लागि यो महाधिवेशन एमालेको केन्द्रीय पदाधिकारीमा बसेर काम गर्ने पहिलो र अन्तिम अवसर हो ।

    संसदीय फाँटमा एमालेको तर्फबाट अवसर नै अवसर पाउँदै आएका नेम्वाङ पार्टी राजनीतिमा भने स्थायी कमिटीबाट माथि पुग्नै सकेका छैनन् । अर्थात् उनी हालसम्म एमालेको केन्द्रीय कमिटीमा पदाधिकारी भएका छैनन् ।

    एमाले विधानले ७० वर्ष पूरा भएपछि पार्टीको कार्यकारी पदमा रहन नपाउने भनेको छ । नेम्वाङ १०औं महाधिवेशनमा आइपुग्दा ६८ वर्ष आठ महिनाका भएका छन् ।

    यो महाधिवेशनबाट उनी पदाधिकारीमा अटाउन सकेनन् भने ११औं महाधिवेशनमा उनी उमेरहदका कारण स्वतः अवकाशमा परिसकेका हुनेछन् ।

    २०६४ र २०७० को संविधानसभा निर्वाचनपछि उनले संविधानसभा अध्यक्षको भूमिका पाए । कानुनमन्त्रीदेखि संसदीय दलको उपनेतासम्म भए । तर पार्टीको पदाधिकारीमा अट्ने यो अन्तिम अवसर हो ।

    ‘यसपटक पदाधिकारी हुनुभएन भने उहाँ पदाधिकारी नै बन्न नपाई एमालेको कार्यकारी राजनीतिबाट अलग हुनुपर्ने भएकाले पनि वरिष्ठ उपाध्यक्षमा स्वाभाविक दाबी गर्नुभएको हो,’ इलामको सूर्योदय नगरपालिका उपप्रमुखसमेत रहकी एमाले महाधिवेशन प्रतिनिधि दुर्गादेवी भट्टराई भन्छिन् ।

    इलामसहित प्रदेश १ बाट आएका अधिकांश प्रतिनिधि र जनजाति पृष्ठभूमिका नेताहरू यही कारण पनि नेम्वाङलाई जसरी पनि पदाधिकारीमा भएको हेर्न चाहिरहेको उनको भनाइ छ ।

    २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङले २०३५ देखि २०५१ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरे भने २०४३ मा उनी नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए ।

    संसदीय निर्वाचनमा अहिलेसम्म पराजय नभोगेका नेम्वाङ सहमति नभए निर्वाचनबाटै भए पनि पदाधिकारीमा अटाउनेमा ढुक्क छन् ।

    आफूले अहिलेसम्म चुनाव नहारेको बताउने नेम्वाङ सहमतिको नाममा ओझेलमा नपारिए वरिष्ठ उपाध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई सहजै पराजित गर्ने आंकलनसहित निर्वाचनमै जान चाहिरहेको उनी निकट नेताहरू बताउँछन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.