नवलपुर । पूर्वी नवलपारीको गैंडाकोट नगरपालिकामा थप तीन जनामा कोरोना (भाइरस कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ती संक्रमित सबै महिला हुन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार गैंडाकोट नगरपालिका–१ बस्ने ३३ र ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै गैंडाकोट नगरपालिका–१२ बस्ने ५६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । यस्तै भरतपुरमा गरिएको परीक्षणमा आजै चितवनका एक र तनहुँ देवघाटका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।








