चितवन । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएका छन् । कांग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका पोख्रेलले आज निर्वाचन अधिकृतबाट राजीनामा दिएका हुन् ।
उनले आफ्नो स्वास्थ्य अवस्था प्रतिकुल रहेको भन्दै केन्द्रीय निर्वाचन समितिलाई राजीनामा पत्र बुझाएका छन् । कांग्रेसको वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा क्षेत्रको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएका थिए ।
जिल्ला अधिवेशन बाकी रहेको अवस्थामा उनले राजीनामा दिएका हुन् । कांग्रेसको चितवन जिल्ला अधिवेशन बारम्बार सर्दै आएको छ। पछिल्लो समय कांग्रेसको जिल्ला अधिवेशन मंसिर १५ र १९ गते हुने तालिका छ । १५ गते मनोनयन दर्ता र १९ गते मतदानको कार्यक्रम तय भएको छ ।









