चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर तामाङको निधन भएको छ । आर्युवेदिक उपचारका लागि हेटौंडा लगिएका तामाङको उतै आज ९बुधबार० निधन भएको हो । उनलाई चितवन ल्याउने तयारी भइरहेको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले जानकारी दिइन् । वडाध्यक्ष तामाङ लामो समयदेखि कलेजो रोग, जण्डिसको समस्याबाट ग्रष्त थिए । उनलाई चिकित्सकले लामो समयसम्म बचाउन नसकिने भनेपछि परिवारले आर्युवेदिक उपचारतर्फ केन्द्रीत भएका थिए । सोही क्रममा उनलाई हेटौंडा लगिएको थियो ।








