कुरिनटार । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०ले विभिन्न मागहरु राख्दै इच्छाकामना गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। चितवन जिल्लाको सर्कुलर अनुसार आज अनेरास्ववियु इच्छाकामनाले गाउँपालिका शिक्षा प्रमुख दुर्गादेवी खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको हो। अनेरास्ववियुले बुझाएको ध्यानाकर्षण पत्रमा सामुदायिक विद्यालय सुधार कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने, निजी विद्यालयहरुले लकडाउन अवधिभरको मासिक शुल्क मिनाहा गर्नको लागि व्यवस्थापन मिलाउनुपर्ने लगायतका विभिन्न मागहरु रहेका छन्। अनेरास्ववियुका विद्यार्थी नेता पवन गुरुङको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएको हो।









