• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सहिद स्मारक लिग: तेस्रो चरणअघि सहभागी क्लब के भन्छन् ?

  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेलहरू शुक्रबारबाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

    ४ दिनसम्म चल्ने तेस्रो चरणको खेलमा तिन दिन २ खेल हुनेछ भने एक दिन एकमात्रै खेल हुने तालिका सार्वजनिक भएको छ । दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

    शुक्रबारको पहिलो खेलमा फ्रेण्ड्स क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ । यस्तै दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले लगातार दुई खेलमा पराजित भई पुछारमा रहेको एपीएफ फुटबल क्लबसँग भिड्नेछ ।

    शनिबारको पहिलो खेलमा दोस्रो स्थानको संकटा क्लबले शीर्षस्थानको मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती दिनेछ । सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लबले उपाधिमा दाबी गरेको न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

    तेस्रो चरण अन्तर्गत आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले बलियो त्रिभुवन आर्मी फुटबल क्लबको आक्रामक फुटबलको दबाब खेप्नेछ । एन्फाले २० गते तय दुई खेललाई भने दुई दिन धकेल्दै २२ गतेलाई पुर्‍याएको छ ।

    रंगशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएसँगै तेस्रो चरणका अन्तिम दुई खेल सारिएका हुन् । बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । सोही दिन हुने तेस्रो चरणको अन्तिम खेलमा लगातार दोस्रो खेलमा पराजित जावलाखेल युथले साबिक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्ने तालिका छ ।

    तेस्रो चरणको पूर्वसन्ध्यामा एन्फाले पत्रकार सम्मेलन गरेको थियो । सहभागी क्लबको प्रशिक्षक तथा प्रतिनिधिले आ–आफ्नो खेल जित्ने रणनीति सुनाए ।

    यस्तो छ सहभागी क्लबका प्रशिक्षक र प्रतिनिधिको भनाई–

    मृगेन्द्र मिश्र
    मुख्य प्रशिक्षक– फ्रेण्ड्स
    तयारी राम्रो छ । विदेशी खेलाडी फर्कँदै छ । म थ्री स्टारको पूर्व खेलाडी प्रशिक्षक दुवै हुँ । टोलीविरुद्ध सबै थाहा छ । थ्रीस्टार बलियो टोली हो । थ्री स्टार टाइटल होल्डर टिम हो । यो भन्दैमा डराउँदैनौ । भोलि अंक खोस्ने । तीन अथवा बराबर जे भएनी हुन्छ ।  हाम्रोमा स्टार खेलाडी छैन । दिन दिनै राम्रो भइरहेको छ ।

    रवीन्द्र सिलाकार
    सहायक प्रशिक्षक –थ्री स्टार
    लगभग तयारी पुरा भएको छ । फिटनेस लेबलमा आएको छ । सुरुको खेल हो (सातदोबाटोविरुद्धको हार) हारेर फरक पर्दैन । धेरै खेल बाँकी छ । तालिकामा सबै टोली उस्तै छ । अस्तिको खेलले फरक पर्दैन । प्रतिद्वन्द्वी कम हुँदैन । धेरै आत्मविश्वासी हुनु हुँदैन । फ्रेण्ड्सविरुद्ध खेलाडीलाई तयार गरेका छौँ ।

    सुरज महर्जन
    सहायक प्रशिक्षक – सातदोबाटो युथ
    तयारी पहिलेबाटनै राम्रो छ । मनोबल उच्च छ । थ्री स्टारविरुद्ध मात्रै हैन । सबै टोलीविरुद्ध जित्नको लागि खेल्छौं ।  विपक्षी सबै राम्रो छ । कमजोर मान्दैनौं ।

    रत्न महर्जन
    सहायक प्रशिक्षक– एपीएफ क्लब
    दुई खेल हार्‍यौ । प्रेसर छ । तीन अंकको लागि खेल्छौ । रिदम बिग्रेको छ । कमजोर सुधार गर्छौ । सातदोबाटो युवा खेलाडीले भरिएको छ । उसको मनोबल उच्च छ । भोलिको लागि हामीले राम्रो प्लानिङ बनाएका छौं ।

    राज कुमार केसी
    सहायक प्रशिक्षक–संकटा
    टिम हिसाबले सबै टोली बलियो छ । हामीले तयारी एक हप्ता पायौ । विपक्षीविरुद्ध तयारी राम्रो छ । टिम गेम खेल्न खोजिरहेका छौँ । तीन अंकको लागि खेल्छौं ।

    राजेन्द्र तामाङ
    मुख्य प्रशिक्षक– मनाङ मस्र्याङ्दी क्लब
    संकटा बलियो छ  ।  गेम मुमेन्ट बलियो छ । सेट पिसमा राम्रो छ । कर्नलमा धेरै भन्दा धेरै चान्स पाएको छ ।  लिग तालिकामा शीर्षस्थान जोगाउन भोलि ध्यान दिनुपर्छ । तीन अंकको लागि खेल्छौ । अट्याक पनि गर्छौ डिफेन्स पनि गर्छौ ।

    राजु काजी शाक्य
    मुख्य प्रशिक्षक – न्युरोड टिम एन आए टी
    पहिलो दुई खेलले केही बिग्रेको छैन । सबै टिम उस्तै छ । खेल अझै बाकी छ । हाम्रो लक्ष्य शीर्ष४ को लागि हो । । गेममा तलमाथि छ । राम्रो तयारी छ । पहिलो खेल राम्रो भयो । दोस्रो खेलमा राम्रो हुन सकेन ।

    राजु श्रेष्ठ
    अफिसियल– ब्रिगेड ब्वाइट क्लब
    हाम्रो पहिलो नाइट खेल । उत्साहित छौ । आर्मी शारीरिक रूपमा राम्रो छ । त्यसैलाई ध्यानमा राखेर अभ्यास गरेका छौं । जित्नको लागि खेल्छौं । सेटको प्लेयर अझै मैदान उत्रिन पाएको छैन ।

    राजु तामाङ
    सहायक प्रशिक्षक– आर्मी
    उपाधि दाबेदारमै छौं मानसिक रूपमा तयार छौ । तीन अंक लिने लक्ष्य छ । हाम्रो दुई खेलमा हामी अन लक्की भन्दा पनि विपक्षी राम्रा भए । उनीहरूको अंक समेत राम्रो आएको छ । टोलीमा स्ट्राइकर अभाव खड्केको छ । त्यसलाई मध्यनजर गरेर खेल्छौ ।

    विजेन पुडाशैनी
    व्यवस्थापक– हिमालयन शेर्पा क्लब
    कसैलाई पनि कमजोर लिँदैनौ । पुलिससँग तीन अंकको लागि खेल्छौ । अभ्यास भइरहेको छ । सबै खेलाडी तयार छन् ।

    सञ्जीव जोशी
    सहायक प्रशिक्षक– नेपाल पुलिस क्लब
    तीन अंकको लागि खेल्छौँ । अगाडि खेलमा दोस्रो खेल राम्रो भयो । सुमन घाइते भएर खेल्दा पनि राम्रो गर्‍यो ।  हामी दुवै टिम बराबर छ । दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता छ ।

    किशोर केसी
    मुख्य प्रशिक्षक –जावलाखेल युथ क्लब
    तयारी सुन्दर छ । राम्रो छ । अबको खेल मछिन्द्रसँग छ । त्यसमा खेल खेलेका नम्बर वान भन्ने छन् । मछिन्द्रसँग फुटबल खेल्छौ । तीन अंक नभए पनि एक अंक खोस्न खेल्छौ । दुई चरणमा त्यस्तो बलियो टोली देखेको छैन । प्रतिस्पर्धा सबैसँग गर्न सक्छु । बाजिगर भएको छु । हारेर पनि खुसी छु ।

    प्रवेश कटुवाल
    मुख्य प्रशिक्षक– मछिन्द्र
    तयारी राम्रो छ । खेल सर्‍यो त्यसले झनै राम्रो छ । स्ट्राइकर ८ भए पनि ३ खेलाउने हो । जावलाखेल दुई खेल हारे पनि राम्रो छ । प्रतिस्पर्धा राम्रो हुन्छ । तीन अंकको लागि खेल्छौ । दुई चरणको खेल सकियो । सबै खेलाडी र क्लब उस्तै प्रदर्शन छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.