चितवन । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन आजदेखि भरतपुरमा हुदैछ ।राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याईएको छ ।सम्मेलनमा ९०० प्रतिनिधि सहभागी हुने छन् ।सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुने छन् ।
यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनको नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । मङ्सिर १८ र १९ गते सम्म चल्ने सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
हाल सेन्टरको केन्द्रीय समितिमा २६० सदस्य छन् । अधिकारीका अनुसार विधान संशोधन गरेर यो सङ्ख्या घटाउने तयारी गरिएको छ । सहभागीलाई भरतपुर र गैँडाकोटका होटलमा राखिने छ ।सेन्टरको तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो ।








