कावासोती । संयुक्त दलित संघर्ष समिति नवलपुरले रुकुम घटनाका दोषीमाथी हदै सम्मको कारवाही गर्न माग गरेको छ । समितिले दलितहरु माथी हुने सबै प्रकारको विभेदको अन्त्य गर्न पनि माग गरेको छ । समितिको तर्फ बाट जिल्ला प्रशासन कार्यालय नवलपुरमा आज ज्ञापन पत्र बुझाउँदै रुकुम घटनाका दोषीलाइ कारवाही घटनाको न्यायिक छानविनको माग समेत गरिएको छ । कावासोतीको सभापतिचोक देखि सुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।नवलपुरका निमित्त प्रमुख जिल्ला अधिकारी टिकाराम वाग्लेलाई समितिको तर्फबाट ज्ञापन पत्र बुभझाईएको थियो ।सो अबसरमा प्रम्ख अतिथि पुर्णप्रकाश वि।क। बाबुराम वि।क। , भिम शदाशंकर , नेत्र सुनार लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कायृक्रम संयुक्त दलित संघर्ष समितिका संयोजक वागवीर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो । बुधबार देशैभर एकसाथ जिल्ला प्रसाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाईएको हो ।








