• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

बाघ सर्वेक्षण : निकुञ्जभित्र ६० दिन बिताउँदै सर्वेक्षक, काैशिला भन्छिन्- डर होइन, उत्सुक छौँ

  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गैंडा गणना होस् वा बाघ सर्वेक्षणमा । कौशिला मोक्तान अग्रसर भएर लाग्ने गर्छिन् । उनी चितवन राष्ट्रिय निकुञ्जजस्तो घना जंगलभित्र वन्यजन्तुको गणनामा खटिने गरेकी छन् ।

    वन्यजन्तुको बासस्थानमा पुगेर तिनको गणना गर्नु आफैमा जोखिम हो । तर, पनि यस्तो जोखिमपूर्ण कामबाट उनी कहिल्यै पछि हटेकी छैनन् । गत चैतमा गैँडा गणना गरेकी मोक्तान सोमबारदेखि बाघ सर्वेक्षणमा खटिँदै छिन् ।

    राष्ट्रिय बाघ सर्वेक्षण-२०२२ आइतबारदेखि सुरु भएको हो । आइतबार वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले औपचारिक रुपमा बाघ सर्वेक्षणको उद्घाटन गरे । निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर गर्ने बाघ सर्वेक्षणका लागि तीन वटा कम्प्लेक्स बनाइएको छ ।

    नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटामा लोपोन्मूख सूचीमा सूचीकृत पाटेबाघ पाइन्छ । चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी क्षेत्र गरी तीन वटा कम्प्लेक्स छन् ।

    चितवन–पर्सा कम्प्लेक्समा आइतबारदेखि बाघ सर्वेक्षण सुरु भए पनि मोक्तान सोमबारबाट फिल्डमा जाँदै छन् । चितवन राष्ट्रिय निकुञ्जको गेम स्काउटमा कार्यरत मोक्तान निकुञ्जको आन्तरिक क्रियाकलापका रुपमा पनि बाघको अवस्थाको बारेमा सर्वेक्षण भइरहने बताउँछिन् ।

    सन् २०१८ मा भएको बाघ सर्वेक्षणमा पनि उनले ‘पार्ट टाइम’ सर्वेक्षण गरेकी थिइन् । अहिले पूरै दिन बाघ सर्वेक्षण गर्दै छिन् । पूरै दिन अर्थात् एउटा क्याम्पमा २० दिन बसेर उनले बाघको सर्वेक्षण गर्ने छिन् । तीन वटा क्याम्पमा बसेर सर्वेक्षण गर्नुपर्ने उनको जिम्मेवारी छ ।

    चितवन–पर्सा कम्प्लेक्सलाई तीन वटा, बाँके बर्दियालाई चार वटा र शुक्लाफाँटा–लालझाडीलाई एक वटा ब्लकका विभाजन गरिएको छ । ब्लकलाई पनि दुई किमी लम्बाई र दुई किमी चौडाई भएका ग्रीडमा विभाजन गरिएको छ । तीन कम्प्लेक्समा क्रमश ८९५, ८१४ र २६० वटा ग्रीड रहेका छन् ।

    चितवन–पर्सा कम्प्लेक्सको पहिलो, दोस्रो र तेस्रो ब्लकमा क्रमश २८७, ३१०, २९८ वटा ग्रीड रहेका छन् । प्रत्येक ग्रीड भित्रमा बाघले प्रयोग गर्ने बाटो र क्षेत्र हेरी एक जोडी स्वचालित क्यामरा जडान गरिने छ । चितवन–पर्सा कम्प्लेक्समा १०६ जना प्राविधिक खटिएका छन् ।

    कौशिला चितवन निकुञ्जमा नौ वर्षदेखि कार्यरत छन् । उनको पहिलो क्याम्प नवलपरासीअन्तर्गत पर्ने थुन्सिमा परेको छ । क्याम्पमा उनीसहित सात जना रहन्छन् ।

    ‘हाम्रो मुख्य भूमिका क्यामरा ट्रयापिङ हो । हिँडेरै ठाउँठाउँमा पुगेर क्यामरा जडान गर्नुपर्छ,’ उनी भन्छिन्, ‘क्यामराको अनुगमनमा जाँदा दिनमै ४० किलाेमिटर पनि हिँड्न पर्ने हुन सक्छ ।’

    एउटा क्याम्पले २६ जोडी क्यामराको नियमित अनुगमन गर्नुपर्ने उनी बताउँछिन् । जिपिएसका माध्यमबाट सर्वेक्षकले क्यामरा जडान गरेका हुन्छन् । क्यामराको व्याट्री र मेमोरि कार्डको अवस्था हेर्न जाँदा सर्वेक्षकले जिपिएसकै माध्यमबाट क्यामरा राखेको स्थानको पहिचान गर्नुपर्छ ।

    एउटा ग्रीडमा कम्तिमा १५ दिनसम्म क्यामरा राख्नुपर्छ । त्यसपछि सर्वेक्षक अर्काे क्याम्पमा जानेछन् । कौशिलाको दोस्रो क्याम्प अमुवा पोष्ट नजिक छ । तेस्रो क्याम्प पर्साको भाटामा परेको उनले बताइन् ।

    ‘एउटा क्याम्पबाट क्यामरा संकलन गरेर उठ्न २० दिन जति लाग्छ । यस हिसाबले तीन वटा क्याम्पमा हामीले ६० दिन बिताउँछौँ,’ उनले भनिन् । सर्वेक्षण गर्दा ठाउँ अनुसार निकुञ्जको कोर इलाकादेखि सामुदायिक वनका क्षेत्रसम्ममा क्याम्प बनाएर बस्नुपर्ने उनले बताइन् ।

    ‘हाम्रो घर समुदाय भनेजस्तै जनावरको पनि जंगल घर नै हो । त्यो उनीहरुको बस्ती हो,’ उनी भन्छिन्, ‘वन्यजन्तुको घरमा जाँदा चुनौति त भइहाल्छ । तर पनि यो ठूलो अवसर हो ।’ सन् २०१८ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा २३५ वटा पाटेबाघ छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९३ वटा छन् ।

    चितवन निकुञ्जका खेल स्काउट कृष्ण पौडेलले पहिलो पटक बाघ सर्वेक्षण गर्दैछन् । निकुञ्जमा उनले जागिर गर्न थालेको चार वर्ष मात्रै भएको छ । ‘पहिलो अनुभव हो, एकदम उत्सुकता लागेको छ,’ उनले भने ।

    उनले पहिलो पटक तीन वटा क्याम्पमा बसेर बाघको सर्वेक्षण गर्ने छन् । बाघ प्राय गरी रातको समयमा एक ठाउँबाट अर्काे ठाउँमा ओहोरदोहोर गर्ने गर्छ । पहिलो क्याम्प टाइगर टप्समा रहेको छ । त्यहाँ उनको टिमले कम्तिमा १५ दिन बिताउने छ ।

    ठाउँ-ठाउँमा जडान गरिएका क्यामरा संकलन गरी क्याम्प सार्न थप पाँच दिन लाग्छ सक्छ । त्यसपछि उनको अर्काे क्याम्प बोटे सिमरामा पर्छ । तेस्रो क्याम्प चाँहि अमलेखगन्जमा परेको छ ।

    क्याम्पमा बस्ने सात तीमध्ये एक जनाले खाना पकाउने काम गर्छन् भने बाँकी सर्वेक्षकले क्यामरा जडान र त्यसको नियमित अनुगमन गर्नुपर्छ ।

    ‘क्यामरा जडान गरिसकेपछि कम्तिमा १५ रात राख्नुपर्छ । त्यसपछि त्यसलाई सार्ने हो । त्यसो हुनाले एउटा क्याम्पसमा हामीले २० दिनसम्म बिताउन सक्छौँ,’ उनले भने । खानेकुराको बन्दोबस्त निकुञ्जले नै व्यवस्था गरिदिएको छ ।

    एउटा क्याम्पमा बस्दा खानुपर्ने खानेकुरा र भाँडाकुडाको व्यवस्था निकुञ्जले गरिदिन्छ । अर्काे क्याम्पमा सर्दा थप खानेकुरा लिएर जानुपर्ने उनी बताउँछन् । बिहान ८ देखि ९ बजेसम्म खाना खाइसकेर क्यामरा जडान गर्नुपर्ने स्थानमा जाने उनले बताए ।

    ‘हामीलाई जीपीएस प्वाइन्ट दिइएको हुन्छ । त्यो प्वाइन्टमा पुगेर क्यामरा राख्नुपर्छ । बाघको मुभमेन्ट भएको स्थानमा राख्ने हो । त्यसका लागि हामी दिनमा २० देखि २५ किमी हिँड्नुपर्छ,’ उनले भने ।

    क्यामरा चार वर्ग किमीको फरकमा राखिन्छ । बाघको दुईतर्फकै पाटाको फोटो खिच्नुपर्ने भएकाले एक ठाउँमा जोडी क्यामरा राखिन्छ ।

    सर्वेक्षक क्याम्पमा रातिको समयमा धुनी बालेर बस्छन् । पालो लगाएर कोहि सुत्ने र कोहि जागा बस्ने गर्नुपर्छ । सर्वेक्षणमा जानुअघि सर्वेक्षकलाई तीन दिनको व्यवहारिक अभ्यास सिकाइएको थियो ।

    बाघ हिँड्ने बाटोबाट तीनदेखि चार मिटर पर दायाँबायाँ बुट्यानमा क्यामरा जडान गरिने छ । स्वचालित क्यामराले बाघ हिँडेको आवाज वा दृश्य परिवर्तनको आधारमा फोटो खिच्छ । एउटै बाघ धेरै पटकसम्म पनि क्यामरामा कैद हुन सक्छन् ।

    बाघको पाटा पहिचान गरेर बाघको संख्या यकिन गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँछन् ।

    ‘बाघमा फरक-फरक किसिमका पाटा हुन्छन् । बाघलाई चिन्ने उपयुक्त माध्यम नै उसको पाटा हो,’ उनले भने । बाघको शरीरमा पाटा हुने भएकाले त्यसलाई पाटे बाघ पनि भन्ने गरिन्छ । न्युज कारखाना

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.