नवलपुर । कावासोती नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्ध हुन्य सहनशिलता अभियानलाई निरन्तरता दिईएको छ । आगामि आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुुत गर्दै कावासोती नगरपालिका प्रमुख चन्द«कुुमारी पुुनले लैङ्गिक तथा यौन हिंसामा परेका महिलाहरुको उद्धार,संरुक्षणको अल्पकालिन आश्रय स्थल सञ्चालन नगरले निरन्तरता दिईएको बताउनुुभयो । यस्तै सो सञ्चालनका लागि आवश्यक पर्ने जग्गा र भवन निर्माणको लागि बिभिन्न निकायसंग समन्वय गर्ने जनाईएको छ । हिंसा पिडितको लागि न्यायिक उपचार,पुुर्नस्थापना र पारिवारिक पुुर्नमिलनको ब्यवस्था मिलाईने बताईएको छ । छुुवाछुुत ,विभेद,सामाजिक कुुरीति र अन्धबिश्वास विरुद्ध सचेतन मुुलक कार्यक्रमहरु सञ्चालनमा ल्याउने कार्यक्रमलाई समेत निरन्तरता दिईएको छ ।








