• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

विजयीको तीन दिनमा लिङ्देनलाई बधाइ दिए रवीन्द्र मिश्रले, राप्रपासँग विचार मिलेकाे हाे ?

  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । पछिल्लो पटक संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘राजतन्त्रसहितको हिन्दू राष्ट्र’एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयीको तेस्रो दिन बधाइ दिएका छन् ।

    राजतन्त्रको विपक्षमा रहेका कतिपय कांग्रेस र कम्युनिष्ट नेताहरूले लिङ्देन विजयी भएको दिन अर्थात् १९ मंसिरमै सामाजिक सञ्जालमार्फत बधाइ दिए पनि ‘विचारभन्दा देश पहिले’ भन्दै आएका मिश्रले भने मंगलबार मात्र माइक्रोब्लगिङ साइट ट्वीटर र सामाजिक सञ्जाल फेसबुकमार्फत् लिङ्देनलाई बधाइ दिएका हुन् ।

    कमल थापाकाे विरासत ढाल्दै लिङ्देन राप्रपा अध्यक्षमा विजयी बनेका थिए ।

    ‘लिङ्देनसँग गठबन्धन बनाउनु होला’

    मिश्र पछिल्लो पटक आफ्ना हरेक अभिव्यक्तिमा तत्कालीन राजाहरू पृथ्वीनारायण शाह र महेन्द्र शाहको नाम छाड्दैनन् । महेन्द्र राष्ट्रवादी भन्न उनी धक मान्दैनन् । स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका मिश्रलाई पछिल्लो पटक ‘लक्षिणपन्थीको बात’लाग्ने गरेको छ । यद्यपि, उनले सार्वजनिक अभिव्यक्तिमा स्वीकार गरेका छैनन् ।

    तर, मिश्रले लिङ्देनलाई बधाइ दिँदा ‘आफूलाई लाग्ने गरेका आरोपलाई बल पुग्ने’ शव्द खर्चेका छन् । उनले नेपाल राजनीतिक, सामाजिक रूपमा मूलत नरम परम्परावादी समाज रहेको दाबी गरेका छन् ।

    जबकि, राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य तथा तीसँग जोडिएका २०४६ र २०६२/६३ को जनआन्दोलनले नेपाली समाज अग्र रुपान्तरणकारी बाटोमा रहेको पुष्टि गर्छ । जनआन्दोलनकै बलमा राजतन्त्र अन्त्य भएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रिक मुलुक बनेको विश्लेषकहरूको मत छ ।

    नेपाललाई कल्याणकारी, नरम वामपन्थी एजेण्डा चाहिएको बताएका मिश्रले अगाडि भनेका छन्, ‘राजनीतिक-सामाजिकरूपमा नेपाल मूलत: नरम परम्परावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन।’

    उनले लिङ्देनको विजयलाई ‘विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्ने’ दाबी गरेका छन्। मिश्रले भनेका छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईँको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

    उनको यो अभिव्यक्तिलाई राप्रपाको एजेण्डासँग जोडिएर पनि हेर्न थालिएको छ । फेसबुकमा राजकुमार आचार्यले मिश्रमाथि टिप्पणी गरेका छन्, ‘अब पार्टी एकता गर्नुस् । धेरै राष्ट्रवादी विचारहरू मिल्छ।’

    ट्वीटरमा केदार थापाले टिप्पणी गरेका छन्, ‘आगामी चुनावमा लिङ्देनसॅग गठबन्धनको मनस्थिति बनाउनुहोला ।’

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.