• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गोन्द्राङको ढाट मनहरीमा राख्ने निर्णय

  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर गोन्द्राङमा रहेको ढाट अन्ततः सरेको छ । जसले गर्दा पूर्वी चितवनवासीलाई राहत मिलेको रत्ननगर उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी दाबी गरेको छ । संघका अध्यक्ष राजाराम रेग्मीले पत्रकार सम्मेलनमा लामो समयदेखिको संघर्षपश्चात् यो सफलता मिलेको बताए ।

    उनले प्रेस विज्ञप्ति प्रस्तुत गर्दै भने “धेरै वर्षदेखि पूर्वी चितवनवासीले साबिक रत्ननगर ९ र ८ हाल ९ र १० वडास्थित टिकौली गेटमा सडक वोर्ड नेपालद्वारा राखिएको र पछि भरतपुर महानगरपालिका वडा नं १२ मा सारिएको गोन्द्राङ ढाटबाट चर्चित टोलवुथलाई लिएर धेरै वर्षदेखि संघर्ष गरिरहेका थियौँ ।”

    उनले विगतमा पनि पटकपटक उक्त टोलबुथका कारण धेरै पीडा यातना सहनु परेको र धेरै पटक जनताले स्वतःस्फूर्तरुपमा आन्दोलन गरी हटाउने काम गरे पनि प्रहरी प्रशासनका जबर्जस्ती उपस्थितिका कारणले पुनः स्थापित हुँदै आएको बताए ।

    रेग्मीले २०७६ साल जेठ १ गते रत्ननगर उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय चितवनमा एक ज्ञापनपत्र दिई उक्त टोलबुथका कारणले एउटै जिल्ला भए पनि सामान्य आवतजावत मात्र हैन उपचारका लागि अस्पताल जाने बिरामी, समाजिक रीतिअनुसार घाटमा जाने मलामीमात्र नभई नागरिकता बनाउन जाने आमजनता या जिल्लामा आफ्ना कामले जाने सबै जनताले कर बुझाउनु पर्दा अत्यन्त पीडा महसुस भएकाले उक्त टोलबुथ सडक वोर्ड नेपालको नीतिअनुरुप जिल्लाको शून्य विन्दुमा राखियोस् भनेर ध्यानाकर्षण गराएको जानकारी दिए ।

    उनले ०७६ साल जेठ ३ गते नेकपाका तत्कालीन महासचिव स्व.मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख स्व. जीवराज आश्रितको भरतपुर महानगरपालिका वडा नं. २९ स्थित दासढुंगा स्मृति दिवस मनाएर फर्कने क्रममा उक्त टोलबुथ रहेको स्थानमा मानिस जम्मा भएर सवाल-जवाफ गरिरहेको अवस्थामा आफूहरु पनि त्यहाँ आइपुगेको र केही समयमा अज्ञात व्यक्तिले पेट्रोल छर्किएर कर संकलन केन्द्रको कर्मचारी रहने घुम्तीमा आगो लगाउने प्रयास गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएपछि असामान्य स्थिति उत्पन्न भएको बताए ।कर संकलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालिले सोही घटनामा संलग्न रहेको भनी रत्ननगरका कुलप्रसाद लामिछाने, विजय खनाल, विष्णु लम्साल, विष्णु ढुंगाना, गोकर्ण गिरी र खैरहनी नगरपालिकाका सरोज तिमल्सेना, राप्ती नगरपालिकाका खिलराज घिमिरे, रामचन्द्र पाठक र उवासंघका अध्यक्ष राजाराम रेग्मीसहित नौ जनालाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

    रेग्मीले सो घटनालाई आधार मानेर कहीँ नभएको नियमलाई प्रयोग गरी ५४ हजारदेखि ६२ हजारसम्म जनही धरौटी लिई मुद्दा चलाउने काम भयो र प्रत्यक्ष अप्रत्यक्ष प्रहरी प्रशासनबाट धरपकड निकै भएको भन्दै दुःख व्यक्त गरे ।

    रेग्मीले सबै न्यायप्रेमी जनताको अथक प्रयासमा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका जनप्रनितिधिहरु, संघसंस्था, सामाजिक अगुवा मूलत पूर्वी क्षेत्रका व्यवसायीहरुको निरन्तर दबाबले उक्त टोलबुथ (हेटौँडा–नारायणगढ खण्डको) मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वार्ड नं. ६ स्थित लोथरमा राख्ने सडक वोर्ड नेपालको यही असार ४ गतेको १५० औँ बैठकले निर्णय गरेको भन्दै जनताको निरन्तर आवाजलाई सडक वोर्ड नेपालले सम्बोधन गरेकोमा धन्यवाद दिए ।

    कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रदेशसभा सांसद् कृष्ण खनालले आफ्नै जिल्लाबाट आफ्नै जिल्लामा जाँदा तिर्नुपर्ने करको अन्त्य भएको भन्दै खुसी व्यक्त गरे । उनले गत वर्षको जेठ ३ गते भएको गोन्द्राङको ढाटको घटनामा निर्दोषलाई अनाहकमा तनाव दिएको भन्दै दुःख व्यक्त गरे । सो घटनामा उनको समेत संलग्नता रहेको भन्दै तस्बिर सार्वजनिक भएको थियो ।

    उनले रत्ननगर उवासंघको अथक प्रयासबाट यो सम्भव भएको भन्दै यस्ता रचनात्मक र जनतालाई राहत हुने काममा आफू सधैँ साथमा रहेको धारणा व्यक्त गरे ।

    कार्यक्रममा उवासंघका उपाध्यक्ष रघुनाथ भट्ट तथा वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले पनि आफ्ना धारणा राखेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.