चितवन । चितवनमा आज १० जना कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । यस सँगै जिल्लाभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३३ पुगेको छ । त्यस्तै आज थप १६ जना कोरोनामुक्त भएका छन् ।
यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ५०६ पुगेको छ । यता, आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार चितवनमा पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट ४ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या २७ हजार ७९ पुगेको छ ।
आज जिल्लाभर सक्रिय संक्रमित १४० जना रहेका छन् । उनीहरुमध्ये १३३ जना होम आइसोलेसनमा छन् भने ७ जना अस्पतालमा रहेका छन् ।








