चितवन । चितवनमा ट्याक्टरको रोटाभेटरमा परेर एकजनाको ज्यान गएको छ । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ मा खेतमा धान रोप्नको लागी जोत्दै गरेको अवस्थामा ट्याक्टरको रोटाभेटरमा परेर अन्दाजी ५६ बर्षका एक पुरुषको मृत्यु भएको हो । आफ्नै खेतमा मेला बनाउदै गरेका रिठ्ठे दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ । ना ७ त ४४८८ नम्बरकोे ट्याक्टरको पछाडी जडान गरिएको रोटाभेटर जोत्ने मेसिन परेर उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








