• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कांग्रेस महाधिवेशन उद्घाटन मञ्चमा देखिएका राेचक १८ दृश्य

  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे सुरु हुने भनिएको थियो । तर, निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भयो । कांग्रेस सभापतिदेखि केन्द्रीय  सदस्यसम्म मञ्चै बोलाइएको उद्घाटन सत्रमा प्रमख राजनीतिक दलका नेतादेखि भारतका दुईवटा पार्टीका प्रतिनिधिले समेत शुभकामना दिए ।

    नेताहरूबीच शुभकामना आदान प्रदानको क्रममा विगतमा जस्तो चर्को घोचपेच नभएपनि केही रोचक दृश्यहरु भने देखिएका छन् ।

    १. महाधिवेशन उद्घाटनस्थलमा आयोजक कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा पहिला लोसपा अध्यक्ष महन्थ ठाकुर  र उपेन्द्र यादव पुगेका थिए ।

    २. कार्यक्रममा निम्त्याइएका अतिथिमध्ये सबैभन्दा अन्तिममा एमाले अध्यक्ष केपी ओली मञ्चमा पुगेका थिए । मञ्चमा नमस्कार गर्दै ओली उक्लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टाउको बटारेर अन्तै हेर्न थाले ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने ओली कुर्सीमा नबसुन्जेलसम्म भुइँमै हेरेर बसिरहे ।

    ३. सबैभन्दा ढिला आएका ओलीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुर्सी छोडिदिए । पौडेल कुर्सी छाड्दै मञ्चको पछिल्लो लहरमा गएर बसे ।

    ४. दलहरूबीच पछिल्लो दिन वढेको तिक्तताका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजावादीका अध्यक्ष नेपाल र एमालेका अध्यक्ष केपी ओली कसैले पनि सम्वोधनका क्रममा एक अर्काको नाम लिएनन् ।

    ५. शुभामना मन्तव्यका क्रममा भाजपा नेता हर्षवर्द्धन र मालेका महासचिव सीपी मैनालीले लामो भाषण गरेपछि कार्यक्रम संचालक कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पोडियममै पुगेर चिट नै दिनुपर्यो । हर्षवर्द्धनले यतिधेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा आफुले कहिल्यै नदेखको भन्दै भाषण लम्व्याएका थिए भने सिपीले सरकार र दलका नेताका कमजोरीको फेहरिस्त सुनाएर भाषण लामो बनाएका थिए ।

    ६. राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेतालाई जनताले चोर भन्न थालेको बताउँदा दर्शक दीर्घामा ताली बज्यो । तर प्रचण्ड, नेपाल र ओलीले नेतालाई चोर कसैले नभनेको दाबी गर्दा पनि दर्शक दीर्घामा उसैगरी ताली बजेको थियो ।

    ७. उद्घाटन सत्रमा बोलेका प्रचण्ड, नेपाल र ओलीबाहेक सबैजसो दलका नेताले सर्वोच्च अदालतको विवाद चाँडो टुंगिनुपर्ने बताए । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताले भने यो विषयमा एक शब्द पनि बोलेनन् ।

    ८. कार्यक्रममा सवैभन्दा छोटो भाषण जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले गरिन् । सधै लामो भाषण गर्ने ओलीले भने तुलनात्मक रुपमा छोटो भाषण गरे ।

    ९. उद्घाटन सत्रमा शुभकामना दिन पुगेका नेता सिपी मैनालीले सरकारका कामकारवाहीको खुलेर आलोचना गरे । जवकी राप्रपा महाधिवेशन उद्घाटनमा शुभकामना दिने क्रममा उनले राजा त्रिभुवनदेखि महेन्द्रसम्मको गुणगान गरेका थिए ।

    १० . लोसपा अध्यक्ष महन्थ ठाकुरले ले अधिकांश भाषण एमाले महाधिवेशन उद्घाटनकै दोहोर्‍याए । र भाषणको अन्तमा आफ्ना केही माग पूरा गरेको भन्दै एमाले महाधिवेशन चितवनको उद्घाटनकै शैलीमा ओलीलाई धन्यवाद दिए ।

    ११. जसपा अध्यक्ष उपेन्द्र यादवले पनि एमाले महाधिवेशनकै भाषण दोहोर्‍याउँदै शुभकामना दिँदा आफ्नै पार्टीको नाम जनता समाजवादी नेपाल मात्र भने । उनले पूरै समय लिखित भाषण गरे ।

    १२. कार्यक्रम संचालक विश्वप्रकाश शर्माले मञ्चमा नेताहरूलाई बोलाउँदा खासै वास्ता नगरेका दर्शकले माधव नेपाल र केपी ओलीलाई भने ताली र हुटिङले स्वागत गरेका थिए ।

    १३. भाषण गर्न माइक समाएका प्रचण्डले नेतालाई चोर भन्छन् भनेर भन्ने नगरेको शैलीले हात हल्लाए पनि दर्शक दीर्घाबाट भने लामो समय हो भनेर हुटिङ भइरह्यो । त्यसपछि प्रचण्डले आफ्नो भनाइ अन्तै मोडेका थिए ।

    १४. भाषणका लागि मञ्चमा पुगेका एमाले अध्यक्ष ओलीले देउवालाई पूर्वप्रधानमन्त्री भनेर सम्बाेधन गरे । तर, भाषणका क्रममा भने उनले देउवालाई प्रधानमन्त्रीकै रूपमा सम्बाेधन गरेका थिए । देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आएका ओलीले हाँस्दै पूर्वप्रधानमन्त्री भनेका कारण उनको व्यंग्य भएको प्रष्ट झल्किन्थ्यो ।

    १५. पाेडियममा पुग्नुअघि ओलीले देउवासँग बोल्ने अनुमति मागेका थिए । जबकि अरु नेता सरासर गएर बाेलेका थिए ।

    १६. ओलीले टिप्पणी गर्दिनँ भन्दै शुभकामना मन्तव्य दिन सुरु गरे, भृकुटीमण्डप क्षेत्रमा बिजुली गएपछि उनले केहीबेर माइक ठोके र कुर्सीमा गएर बसे । तर केहीक्षणमै बत्ती आएपछि प्रवक्ता शर्माले पुन बोलाएपछि छोटो मन्तव्य राखेर उनी बिदा भए ।

    १७‍. का‌ंग्रेस सभापति देउवाले बाेल्नुअघि नै अतिथि नेताहरू मञ्चबाट बाहिरिए ।

    १८. दलका नेताहरुका शुभकामना सकिएपछि कांग्रेस पदाधिकारीको शुभकामना मन्तव्य र नाचगान सँगसँगै चल्याे ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.