हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ६ ग्राम ४८० मिलिग्राम लागूऔषध खैरोहिरोइनसहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा चितवनको रत्ननगर नगरपालिका वडा नम्वर २ टाँडी बस्ने ५२ वर्षीय नारायण खड्का र राप्ती नगरपालिका वडा नम्वर ७ बस्ने ३५ वर्षीय अर्जुन अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
शनिबार बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख ४८०२ नं. को यात्रुबाहक बसलाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकप्वाईन्टस्थित चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार खड्काले लुकाइछिपाई ल्याएको ६ गा्रम २८० ग्राम लागूऔषध नाइट्रोभेट बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
यस्तै, शनिबार नै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ सहिद स्मारक गेट नजिक शंकास्पल रुपमा हिडिरहेका अधिकारीलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरोहिरोईन जस्तो देखिने पदार्थ १ ग्राम २०० मिलिग्राम बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








