काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बैठकले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्म मतदानको समय निर्धारण गरेको हो ।
सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुन लागेको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र डा। शेखर कोइरालाका बिच प्रतिष्पर्धा हुने भएको छ ।








