• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

यसपटक गल्ती गरे पुस्तौँले पछुताउनु पर्छ : गगन थापा

  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  नेपाली कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनमा गल्ती गरे पुस्तौँले पछुताउनुपर्ने बताएका छन् ।

    सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुनुअघि अपील गर्दै उनले प्रतिनिधिलाई संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न सक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन् । यसका लागि सभापतिमा शेखर कोइरालालाई जिताउनु पर्ने उनको भनाइ छ ।

    सभापति पदका लागि चुनावी प्रतिस्पर्धामा शेरबहादुर देउवा र कोइराला छन् । पहिलो चरणको निर्वाचन परिणामसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । उनीहरूले देउवालाई समर्थन गर्ने भएका छन् ।

    यस अवस्था गगनले जारी गरेको अपील :

    आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरू,

    नेपाली कांग्रेस १४औं महाधिवेशनको दौरान हिजो सम्पन्न निर्वाचनमा तपाईहरूले पार्टी रुपान्तरण र नेतृत्व परिवर्तनका पक्षमा देखाउनु भएको उत्साह र उपस्थितिले अब पार्टी नयाँ ढङ्गले अगाडि वढ्नुपर्छ भन्ने कुराको स्पष्ट संकेत गरिसकेको छ । तपाईहरुले पार्टी रुपान्तरणको लागि देखाउनुभएको यो अदम्य साहस र आँटको म खुलेर प्रशंशा गर्दछु। सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईको चाहना हो भन्ने म ठान्दछु । अब त्यो चाहनालाई मतपत्र मार्फत प्रकट गर्ने क्षण आएको छ। नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दुरगामी महत्वको निर्णय गर्ने क्षण हो। यस घडीमा इतिहासले हामीसंग त्यही असाधारण निर्णय लिन आह्वान गरिरहेको छ । देशभर छरिएर रहेका कांग्रेसजन, सुभेच्छुक तथा आम जनताले आज त्यस्तो निर्णय लिनसक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेका छन । इतिहासको आह्वानलाई स्वीकार्दै आम अपेक्षा अनुरुप कांग्रेस पुनर्जागरण र रुपान्तरणको यात्रा यो महाधिवेशनबाट तय गर्न सक्नुपर्छ । त्यसको आरम्भ आज तपाईको मतमार्फत हुनेछ भन्नेमा म विश्वस्त छु।

    महाधिवेशनलगत्तै हामी तीन तहको निर्वाचनमा होमिनुपर्नेछ, त्यस निर्वाचनमा पार्टीले एक्लै जित्ने वनाउन लाखौं मतदातालाई आकर्षित गर्नु पर्दछ, त्यसको लागि नयाँ उत्साह र जागरण आवश्यक छ। हामीले आज त्यो उत्साहको संचार गर्न सक्नैपर्छ । संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ । के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका संभव होला त ? हामीसँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ ।

    आफ्नो अन्तरमनको आवाज सुनेर निर्णय गर्ने बेला आएको छ । विगतमा बीपी कोइरालाले अनेक पटक अन्तरमनको आवाज सुनेर यस्तै निर्णय गर्नुहुन्थ्यो, गणेशमान सिंह पनि त्यसको अपवाद हुनुहुन्थेन। आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ । इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौं ले पछुताउनु पर्दछ । त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ पनि छैन।

    ’समुन्नत नेपाल सम्मानित नेपाली’ को सपना, यो पुरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, त्यसका लागि चाहिने सांगठनिक आधार र जुझारु नेतृत्व कांग्रेसले दिन सक्छ कि सक्दैन यो नै १४औं महाधिवेशनको मुल चुनौती हो । यो पटक हामी चुक्यौं र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कार्मद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन।

    त्यसैले, आज निर्णय गर्ने बेला आएको छ, तपाईको एक भोट आज यो मतदानको लाईनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ । तपाईको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान–विन्दु हुनेछ । एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी संततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपील गर्दछु। जय नेपाल!

    गगन कुमार थापा
    मिति २०७८ मंसिर २८

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.