• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

फोहोर व्यवस्थापनमा चुक्यो भरतपुर, फोहोर फाल्न सबैतिर अवरोध

  •   बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । फोहोर व्यवस्थापनमा भरतपुर महानगरपालिका असफल भएको छ । जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा पनि दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरवासी आजित भएका छन् ।

    महानगरले भरतपुर–३ नगरवन र भरतपुर–२४ धुव्र ल्याण्डफिलमा फोहोर डम्पिङ गर्दै आएकामा स्थानीयले पटकपटक अवरोध सिर्जना गरेका छन् । बस्तीछेउमा गरिएको डम्पिङले दुर्गन्ध फैलाएको र पानीको स्रोतसमेत बिग्रिएको भन्दै स्थानीयले अवरोध गर्ने गरेका छन् ।

    दुई ठाउँमा पटकपटक अवरोध हुनेगरेपछि महानगरको बोर्ड बैठकले केही समयसम्म भरतपुर(१ रामनगरमा फोहोर डम्पिङ गर्ने प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावविरुद्ध स्थानीय आक्रमक बनेपछि प्रस्ताव पास हुन सकेन ।

    अहिले भरतपुर महानगरमा चार दिनदेखि फोहोर उठ्न सकेको छैन । स्मार्ट सिटी भनिने गरिएको भरतपुरमा फोहोर व्यवस्थापन मुख्य समस्या बनेको छ । यहाँ स्मार्ट सडकदेखि स्मार्ट शौचालयसम्म निर्माण हुँदै छन् । स्मार्ट योजनाहरू समयमै नसकिएर अलपत्र परेका छन् ।

    भरतपुर क्षेत्रमा पटकपटक फोहोर थुप्रिने गर्छ । स्मार्ट सिटी भरतपुरमा मास्कले समेत नछेक्ने दुर्गन्धबाट स्थानीय पीडित हुनुपरेको छ ।

    चितवनको सदरमुकाम हो भरतपुर । भरतपुरको पनि केन्द्रमा पर्छ चौविसकोठी । पश्चिम चितवनबाट आउने महानगरवासीलाई चौविसकोठी प्रवेश गर्ने बाटोमा फोहोरको थुप्रोले स्वागत गरेको जस्तो अनुभूति हुन्छ । त्रिचोकदेखि चौविसकोठीसम्मको बाटोको छेउमा स्वागत गर्न राखेझैँ फोहोरका थुप्रो देख्न सकिन्छ ।

    भरतपुर महानगरपालिका(७ कटहर चोकका रेशम गुरुङले महानगरले जनताको स्वागतमा घडाको साटो फोहोरको थुप्रो राखेको बताए । ‘ठूलाबडा मान्छेको स्वागतमा बाटोका छेउमा घडा राख्ने, कलश राख्ने गरेको त देखिएको हो । महानगरले त जनताको स्वागतमा फोहोरेको थुप्रो पो राखेको छ’, उनले भने ।

    भरतपुर विमानस्थलको आडैमा फोहोर थुप्रिएका मात्रै छैनन्, खुला शौचालयसमेत बनेको छ । त्यस्तै, नारायणगढ बजारमा थुप्रिएको फोहोरको डंगुरले बजार कुरुप बनेको छ । फोहोरको थुप्रोबाट आउने दुर्गन्धले वान्ता नै हुने गरेको स्थानीय रमेश पराजुली बताउँछन् ।

    ‘पसलमा तरकारी लिन जान सक्ने अवस्था नै छैन । फोहोर देखेर एकचोटी त मलाई वान्ता नै भएको छ’, उनी भन्छन्, ‘विकास गरेँ, बाटो बनाएँ भन्छन् । फोहोरको अवस्था भने जहिल्यै यस्तै देख्छु । विकासमा फोहोर उठाउने काम पर्दैन र भन्या रु’

    समयमा फोहोर उठ्न नसक्दा स्थानीयलाई मात्र नभएर व्यवसायी, सेवाग्राही र यात्रीहरुलाई समेत समस्या भएको उनी बताउँछन् ।

    माग सम्बोधन गरेर फोहोर उठाउने तयारी

    भरतपुर–२४ धुव्रका स्थानीयको माग सम्बोधन गरेर आजदेखि फोहोर उठाउने योजना रहेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । भरतपुर–२४ मा धुव्र ल्याण्डफिल साइट छ । त्यहाँ फोहोर फाल्दा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आएका छन् ।

    ‘बर्खामा धुव्र ल्याण्डफिलमा र हिउँदमा नगरवनमा फोहोर फालिने गरिएको थियो । अहिले नगरवनका स्थानीयले फोहोर फाल्न दिएका छैनन् । धुव्रमा पनि दिएनन्’, उनले भने, ‘त्यो हुनाले आज कार्यपालिका बैठक बस्ने र स्थानीयसँग वार्ता गर्ने योजना छ । उहाँहरुसँग बसेर कुरा गरेपछि दिनुहुन्छ होला भन्ने छ ।’

    स्थानीयको मागलाई बुधबार सम्बोधन गरेर आजबाट फोहोर उठाइने उनको दाबी छ । बाटो निर्माण, ग्राभेलको भुक्तानी, दुर्गन्ध व्यवस्थापन र तारजाली लगाइदिनुपर्ने लगायतका विषय राखेर स्थानीयले अवरोध गरेको उनले बताए । धुव्र ल्याण्डफिल र नगरवन बाहेक महानगरले फोहोर फाल्ने स्थानको विकल्प भेट्न सकेको छैन ।

    महानगरले विकासका आयोजनाहरू पारिदिने आश्वासन दिएर स्थानीयलाई केहीदिनसम्म थमथमाउने गर्छ । स्थानीयहरुले फेरि नयाँनयाँ माग राखेर अवरोध सिर्जना गर्छन् ।

    भरतपुर(३ नगरवनमा स्थानीयले फोहोर फाल्न नदिएपछि महानगरले फोहोर भरतपुर–२४ मा लगेको हो । यस पटक फेरि स्थानीयले अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो ।

    ‘स्यानिटरी ल्याण्डफिलको एमओयू डिसेम्बरभित्रै’

    दीर्घकालिन रूपमा फोहोर व्यवस्थापनका लागि सुडोनोन ल्याण्डफिल्ड साइट म्यानेजमेन्ट नामक कोरियन संस्थाको साझेदारीमा भरतपुर(२ आँपटारीमा स्यानिटरी ल्याण्डफिल साइट बनाउने महानगरको योजना छ । त्यहाँ महानगरको १५ बिघा जग्गा छ । तर, यो योजना योजनामा मात्र सीमित बनेको छ ।

    कोरियन संस्थासँग भदौ २०७५ मा सम्झौता भएको थियो । ल्याण्डफिल साइट निर्माणका लागि डिसेम्बर भित्र कोरियन संस्थासँग एमओयू हुन लागेको उनले बताए । उक्त योजना अनुसारको फिल्डमा काम सुरु हुन पनि कम्तिमा डेढ वर्ष लाग्ने देखिन्छ ।

    कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्याएर कुहिने फोहोरबाट मल बनाउने अभियान पनि सञ्चालन गरिएको उनले बताए । महानगरबाट दैनिक ६५ देखि ७० टन फोहोर निस्कने गर्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.