• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

किसानबाट उपभोक्तासम्म अण्डा पु¥याउँदै दाउन्ने समूह

  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । एक व्यवसायिक समूहले किसानले उत्पादन गरेको अण्डा सोझै उपभोक्तासम्म पु¥याउने सञ्जाल निर्माण गरेको छ । चितवनमा रहेको किसान दाना उद्योग प्रा.लि.ले किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म सिधै पु¥याउन शुरु गरेको हो । आफ्नो लगानीको फार्म र आफ्नो दाना उपभोग गरेका किसानको अण्डा डिपोहरुमार्फत् बिक्री अभियानलाई विस्तार गर्दै लगेको छ ।

    समूहले आफ्नै बिक्री डिपोमार्फत् बिक्री गर्ने भएपछि विभिन्न तहमा दिनुपर्ने कमिशन बचत हुने र उपभोक्ताले भविष्यमा सस्तोमा ताजा अण्डा उपभोग गर्न पाउने भएका छन् । सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रा.लि.मा झण्डै तीन लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको समेत लगानी रहेको सो प्रा.लि.मा दैनिक एक लाख ३६ हजार वटाभन्दा बढी अण्डा उत्पादन हुन्छ । त्यति नै मात्रामा किसानबाट संकलन हुँने गरेको छ । यो संख्या बढ्ने उद्योगले जनाएको छ ।

    हाल उपभोक्ताकोमा अण्डा पुग्नु अघि फार्मबाट सप्लायर्स, डिलर, सवडिलर, साईकल र किराना पसल भएर उपभोक्ताकहाँ पुग्ने गरेको छ । किसान दाना उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलका अनुसार फार्मबाट किराना पसलसम्म पु¥याउनका लागि बिक्री डिपो विस्तार गरिएको हो । हालसम्म १० वटा डिपो सञ्चालन ल्याईएको छ । उहाँले भन्नुभयो “देशका प्रमुख शहरहरुमा डिपो बिस्तार गर्दैछौं ।” कम्तीमा ३० वटा डिपो पु¥याउने लक्ष्य रहेको उहाँको भनाई छ । पोख्रेलका अनुसार डिपो नभएका शहरहरुमा पनि स्थानिय डिलर मार्फत अण्डा पु¥याईदै आएको छ ।

    पोख्रेलले सोझै घरदैलोसम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताउनुभयो । हाल उद्योगले काठमाण्डौंको नैकाब, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशी, नयाँ बजार, सुर्खेतको सनिहिल लाइन, इटहरीमा बिक्रिकेन्द्र खोलेको छ ।

    ती केन्द्र मार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । १२ वटा साना भ्यानले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्तासम्म पु¥याउने हाम्रो लक्ष्य हो ।” नेपालमानै सबैभन्दा वढि अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौं संगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरहरुमा अण्डा बिक्रि गर्दै आएको छ ।

    उद्योगका अध्यक्ष रघुनाथ भट्टले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्ताकोमा अण्डा पुग्दै आएकोमा अब सोझै उपभोक्तासम्म पु¥याउने उद्देश्यका साथ काम थालिएको बताउनुभयो । उहाँका अनुसार घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउने छ । यस दाउन्ने समुहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योग लगायतका उद्योग र उत्पादनमा लगानी रहेको छ ।

    यो समुह पाल्ट्री क्षेत्रमा देशकै सफल समूहको रुपमा चिनिन्छ । नेपालमानै सबैभन्दा बढी कुखुरा पाल्ने लक्ष्य दाउन्ने समूहले लिएको छ । हाल तीन लाख हाराहारी कुखुरा पालेको यस समुहले यो संख्या ८ लाख पु¥याउने लक्ष्य लिएको छ । अहिले दुई अर्ब भन्दा बढी लगानी भईसकेको यस समूहले पूर्णरुपमा लक्ष्य अनुसार कुखुरा पाल्दै गर्दा लगानी रु ४ अर्ब ५० करोड हाराहारी पुग्ने निर्देशक द्रोण लामिछानेले जानकारी दिनुयो । उद्योगले ह्याप्पि एग नामबाट ब्राण्डिङ गरी आकर्षक प्याकिङ्मा काठमाडौंमा बिक्री गर्दै आएको छ । यस्तै पोखरा र सुर्खेतमा पनि ब्राण्डिङ गरेको ह्याप्पि एग बिक्री गर्ने लामिछानेले जनाकारी दिनुभयो ।

    यसैबीच आज काठमाण्डौंको वनस्थली र नैकापमा आजबाट डिपो शुरु गरिएको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले वनस्थली र नैकाप डिपोको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले घरदैलोमा ताजा सस्तोमा अण्डा पु¥याउने किसान दानाको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

    कार्यक्रममा अण्डा उत्पादक संघका महासचिव प्रविण केसी, किसान दाना उद्योग प्रा.लि.का अध्यक्ष रघुनाथ भट्ट, कार्यकारी निर्देशक बिनोद पोखरेल, निर्देशक द्रोण लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.