• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

प्रदर्शनीमा रारा जुस प्रोडक्सन उद्योग प्रथम, कोठी हिमाल अल्लो कपडा उद्योग द्वितीय र मितेरी जैविक प्याड उत्पादन केन्द्र तृतीय

  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन प्रदर्शनीमा सञ्चालित छैटौ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तेश्रो एवम् अन्तिम दिन प्रदर्शनीमा आ–आफ्ना उद्योगहरुबाट उत्पादित वस्तुहरुको प्रर्दशनी गरेका प्रदर्शकहरु मध्येबाट तीन उद्योगलाई अनुगमन, निरीक्षक एवम् उत्पादन वस्तुका आधारमा “प्रदर्शनीका उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीहरुको पुरस्कार वितरण कार्यक्रम” बाट सम्मान गरिएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक ऋषिराम रेग्मीको अध्यक्षतामा सम्पन्न पुरस्कार घोषणा कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक ऋषिराम रेग्मी संयोजक रहनुभएको पुरस्कार घोषणा कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्य र चितवन उद्योग संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी पुरस्कार समितिको सदस्य रहनुभएको थियो ।

    समितिले प्रदर्शकहरुको उत्पादित वस्तुहरुको उपयोगिता, अनुगमन एवम् अवलोकनका आधारमा पुरस्कृत घोषणा गरेको थियो । पुरस्कृत हुनेहरुमा रारा जुस प्रोडक्सन उद्योग कर्णाली प्रदेश मुगु प्रथम, कोठी हिमाल अल्लो कपडा उद्योग लुम्बिनी प्रदेश, प्युठान द्वितीय, मितेरी जैविक प्याड उत्पादन केन्द्र बागमति प्रदेश तृतीय घोषणा भएका छन् । प्रथम हुनेलाई नगद रु एकलाख, द्वितीय हुनेले नगद रु ७५ हजार, र तृतीय हुनेले नगद रु ५० हजार प्राप्त गर्नुभएको छ । पुरस्कार घोषणा कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेलको सहभागिता रहेको थियो ।

    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक ऋषिराम रेग्मीले समापन गर्नुभएको थियो । प्रदर्शनीमा माननीय, स्थानीय निकायका प्रमुख एवम् संघ–संस्थाहरुद्वारा अवलोकन  पौष २ गतेदेखि सञ्चालित छैटौ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तेश्रो एवम् अन्तिम दिन माननीय एवम् विभिन्न संघ–संस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरुले अवलोकन गरेका थिए । तेश्रो दिन पनि अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ ।

    प्रदर्शनीको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति एवम् राष्ट्रिय सभा सदस्य पार्वती रावल, प्रदेश सभा सदस्य माननीय कृष्ण भुर्तेल, माननीय गिता वाग्लेले अवलोकन गर्नुभएको थियो । त्यस्तै अवलोकनका क्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटी, साना किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेत, साना किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सर्लाही, अल्ट्रा सन इनर्जी प्रा.लि., औद्योगिक फिडर, स्मल हेभन मोडल स्कूल, प्रेसिडेन्सी कलेज, सानुगढी गाउँपालिका, भ्याली स्टेट कलेज, एसओएस हर्मन माइनर स्कूल, एकता शिक्षा निकेतन, कान्तिपुर बहुप्राविधिक शिक्षालय, आईरिस इग्लिस एकाडमी, अंकुरम एकाडेमी, न्यू क्यापिटल कलेज, वीरेन्द्र बहुमुखी क्याम्पस, सिलाई व्यवसायी महासंघ, जनप्रिय इग्लिस बोर्डिङ स्कूल, अरोमा इग्लिस सेकेण्डरी स्कूल लगायतका संघ–संस्थाहरुको उपस्थिति रहेको थियो ।

    तिनै तहका सरकारबाट प्रबद्र्धित यस प्रर्दशनीमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र चितवनका स्थानीय पालिकाहरुले प्रबर्धन सहयोग सहित सिफारिस गरेका ६० स्टल, राष्ट्रिय आविष्कार केन्द्रको विशेष स्टल सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहेको प्रदर्शनीका प्रवक्ता एवम् चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले बताउनुभयो । प्रदर्शनीको बैकिङ पार्टनरको रुपमा राष्ट्रिय वाणिज्य बैंक र पेन्टस् पार्टनरको रुपमा रोयल पेन्टस् प्रा.लि.रहेको छ ।

     

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.