काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । नेपालमा ७७ वटै जिल्लामा संक्रमण फैलिएको छ ।








