• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

शान्तिको जीवनमा फेरि अशान्ति ल्याउँदै क्रसर उद्योग

  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । धनुषाकी शान्ति क्यापछाकी  बेला–बेलामा रातु नदी किनारमा जान्छिन् र निकैबेर टोलाउँछिन ।  क्रसर व्यवसायी र ट्याक्टरले खुलम्खुला उठाउँदै गरेको नदीजन्य बस्तुलाई देख्दा शान्ति आफ्नो भविष्यलाइ सम्झन्छिन् र भावुक बन्छिन् । नदीको किनारमा गएर बालुवा चाल्दै दैनिक जीविकोपार्जन गर्न शान्तिको लागि रातुको किनार सबथोक हो ।

    यही किनारको वरिपरि बाढीले थुप्रो बनाएका बालुवाका ढिस्का फुटाएर उनले ३० वर्ष गुजारिन् । बालुवा चालेर नै  छोराछोरीको भविष्य बनाइन् । चार छोराछोरीलाई भनेजस्तो विषय पढाउन नसके पनि सरकारी विद्यालयमा पढाएरै शिक्षित बनाइन् ।

    केही वर्षअगाडि शान्तिलाई बालुवाको अर्डर लिएर भ्याइनभ्याइ हुन्थ्यो । तर, अहिले  किनारका छेउछाउमा बाक्लै खुलेका क्रसर उद्योगहरूले बालुवा चाल्ने पेसालाई विस्थापन गरिदिने अवस्था सिर्जना भएको छ ।

    ‘अब गरिखान साह्रै गाह्रो छ । सबै किनबेच अहिले त क्रसर उद्योगवाट नै हुन्छ,’ उनले भनिन् । नदी किनारमा बालुवा चाल्दाचाल्दै शान्तिका श्रीमानले ज्यान गुमाए । बालुवा चालेर गुजारा गर्नु उनको परिवारको लागि पुर्ख्यौली पेसा जस्तै बन्यो ।

    किनारमा मापदण्डविपरीत खुलेका कयौँ क्रसर उद्योग छन् । राजमार्ग र नदीको किनारबाट जति दूरीमा क्रसर खोल्नुपर्ने प्रावधान छ, त्यसलाई खुलमखुला धज्जी उडाउँदै दैनिक सयौ ट्याक्टर नदीका किनारबाट बालुवा तथा नदीजन्य बस्तुको दोहन भइरहेको छ ।

    क्रसर कै चपेटामा परेर शान्तिलाई हिजोआज बालुवा चालेर जीविकोपार्जन गर्न निकै कठिन छ ।  ‘पहिला त क्रसरहरू थिएनन् । तर, अहिले बाक्लै खुलेका क्रसरहरूले रोजीरोटी नै बन्द गराउलान् जस्तो छ,’ उनी भन्छिन् ।

    रातु नदीको किनारमा बालुवाको ढिस्का फुटाएर गुजारा गर्ने शान्तीको मात्र हैन धेरै मजदुरको कथा उनको जस्तै भएको छ । छ्यापछ्याप्ती नदीजन्य बस्तुको दोहनमा क्रसरहरूले सयौँ ट्याक्टर परिचालन गरेका हुन्छन् । २, ४ जना मजदुर ल्याएर बेल्चाले उठाएर क्षणभरमा नै एक टिप बनाएर ट्याक्टरहरू ओहोरदोहोर गरेको शान्तिहरू साक्षी बन्छन् । तर, निरीह हुनुको विकल्प पनि त छैन । के पो गर्न सकिन्छ र ? शान्ति प्रतिप्रश्न गर्छिन् ।

    शान्तिले अहिले पनि बालुवा चाल्ने आफ्नो दैनिकीलाई निरन्तरता दिएकै छन् । दुःख गरेर चालेको बालुवामा कोही आएर भाउमा नै बार्गेनिङ गर्दा भने शान्तिलाई दुःख लागेर आउँछ ।

    कहिलेकाहीँ शान्ति पहिला र अहिलेलाई तुलना गर्दै भावुक हुन्छिन् । ‘पहिले महंगी थिएन, व्यापार पनि थियो । तर, अहिले त्यो समय रहेन,’ उनी भन्छिन्, ‘तै पनि दिनभरि नदी किनारमा बसेर बालुवा चाल्ने कर्मलाई निरन्तरता दिइरहेको छु । दुई, चार दिनमा कोही–कोही आउँछन र लिएर जान्छन् ।’

    शान्तिलाई कहिलेकाही स्थानीय प्रशासनले पनि नदीबाट बालुवा निकाल्दा धम्काउने गर्छ । उनलाइ बडो अचम्म लाग्छ, नदिभरि उत्खननमा व्यस्त अवैधानिक ट्याक्टरहरूमा प्रशासनको अँखा लाग्दैन । ‘हामी किनारमा बसेर चार दिन लगाएर एक ट्याक्टर बालुवा चाल्छौँ, तै पनि स्थानीय प्रशासन अँखा लगाउँछन बडो अचम्म लाग्छ,’ उनले भनिन् ।

    हुन त शान्तिलाई नदीको किनारमा बाक्लै खुलेका क्रसरहरूले नदीजन्य बस्तुको उत्तखनन गर्दा नियमविपरीत हुन्छ कि नियमसंगत हुन्छ, थाहा छैन उनलाई । तर, यतिमात्र थाहा छ कि क्रसरहरूले नै शान्तिको व्यवसाय ठप्प बनाए, रोजीरोटी र जीविकोपार्जनमा समस्या बने ।

    योसँगै वर्षायाममा नदीको भेलले ३ महिना काम नै ठप्प हुन्छ ।  ‘वर्षायमा लागेपछि अरुको बनिबुथो गर्न जान्छु अनि बिहान–बेलुकाको छाक टार्छौँ’, शान्ति भन्छिन् ।

    अहिले रातु नदीको किनारमा ५० को हाराहारीमा क्रसर उद्योग छन् भने बालुवा चालेर जीविकोपार्जन गर्नेहरूको संख्या पनि अधिक छ ।  विशेषगरि धनुषाको मिथिला, महोत्तरीको बर्दिबासजस्ता ठाउँका कयौँ सर्वसाधारणहरूको जीविकोपार्जन अझै रातु नदीले धानिरहेको छ । तर, जीविकोपार्जनको दायरा साँघुरिँदै गएपछि शान्तिजस्तै कयौँले पेसाको विकल्प रोजिरहेका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.