काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेसँगै सुनको मूल्य अहिलेसम्मै उच्च विन्दुमा पुगेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








