धनगढी । कैलाली र बैतडीमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार कैलाली धनगढी ५ का ६० वर्षिया महिला र कैलारीका ३६ वर्षिय पुरुष र बैतडी दोगडाकेदारका २० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई आईशोलेसनमा लैजाने तयारी भैरहेको डा। हेमराज पाण्डेले जानकारी दिए । योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।








