• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

एसपीएमकाे १६औं वार्षिकोत्सब तथा प्रथम कलेज सभा

  •   बुधबार, पुष १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । नवलपरासी बर्दघाट सुस्ता पुर्व क्षेत्र नम्बर २ का सांसद एवम् गण्डकी प्रदेश विधायन समिति सभापति बिष्णुप्रसाद लामिछानेले शिक्षामा एक दिन मात्रै पनि ढिलाई हुँदा रुपान्तरणकाे एउटा युग वित्ने बताउनुभयाे । सूर्यभक्तपतनादेवी मेमाेरियल कलेजकाे १६आैं वार्षिकाेत्सव तथा प्रथम क्याम्पस सभालाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । “सडक ,बाटाे र सञ्चार एक वर्ष ढिला गरे भाैतिक दुख हुने हाे ,”सांसद लामिछानेले भन्नुभयाे ,”शिक्षामा एक दिन ढिला हुँदा एउटा युग पछि पर्छ ।

    गण्डकी प्रदेशमा शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउन प्रदेश सरकारकाे भूमिकामा पछि नहट्ने उहाँले बताउनुभयाे । सूर्यभक्तपतनादेवी मेमाेरियल कलेजले क्रान्तिकाे एक ईतिहास सम्झाउने गरेकाे उल्लेख गर्दै शैक्षिक विकासमा पनि उत्तिकै याेगदान पुगेकाे जाेड दिनुभयाे । राजनितिक वृत्तमा सूर्यभक्त अधिकारीकाे याेगदानकाे चर्चा भईरहने भन्दै उहाँकाे स्मृतिमा बनेकाे कलेजले यहाँकाे समाज, जिल्ला र प्रदेशकाे आवश्यकता अनुकुलकाे शिक्षालाई प्राथमिकतामा राख्न सुझाउनुभयाे ।

    “याे कलेज आफैंमा ईतिहासकाे संरक्षक हाे,” उहाँले भन्नुभयाे,” यसले जीविकाेपार्जनमा मदत पुग्ने सीपमुलक शिक्षाकाे मागलाई पूरा गर्ने गरि कार्ययाेजना अघि बढाउन र छलफल चलाउन जरुरी छ ।”त्यसका लागि आवश्यक सहयाेग गर्न प्रदेश सरकारलाई घच्घच्याउने काम गर्न तयार रहेकाे उल्लेख गर्नुभयाे । कलेजकाे वार्षिकोत्सब समाराेहमा गैंडाकाेट नगरपालिकाका उपमेयर बिष्णुमाया कंडेलले गैंडाकाेटकाे एक मात्र सामुदायिक कलेजले शिक्षाकाे क्षेत्रमा पुर्याएकाे याेगदानकाे चर्चा गर्नुभयाे ।

    आफ्नै समिपमा कलेज हुँदा विद्यार्थी र अभिभावकलाई भएकाे सहजताकाे बयान पढ्नकै लागि घर छाेड्नुपरेकाहरुले गर्दै आएकाे उहाँले बताउनुभयाे । कलेजकाे वार्षिकोत्सबकाे अवसर पारेर सुर्यभक्त अधिकारीकाेबारेमा लेखिएकाे पुस्तक ‘प्रजातान्त्रिक आन्दाेलनका याेद्धा-सूर्यभक्त अधिकारी ‘ विमाेचन गरिएकाे छ । पुस्तकका लेखक प्राध्यापक डाक्टर ज्ञानेन्द्र पाैड्यालले राजनीतिक वृत्तमा सम्मानित व्यक्ति सुर्यभक्त अधिकारीकाे जीवनका आराेह अवराेह समेटेकाे बताउनुभयाे ।

    साेही अवसरमा मानविकि संकाय स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरुले प्रकाशन गरेकाे एसपीएम सन्देश नामक त्रैमासिक पत्रिकाकाे पनि विमाेचन गरिएकाे छ । निकै सकसपूर्ण अवस्थामा कलेज सञ्चालन गर्नुपर्ने बाध्यतामा पनि बिद्यार्थीकाे प्रतिभा प्रस्फुटनका लागि सम्भव भएसम्म कुनै कसर बाँकी नराख्ने प्राचार्य दिपेन्द्र पाैडेलले बताउनुभयाे । कार्यक्रममा कलेजमा लामाे समयदेखि संलग्न रहेका शिक्षक,कर्मचारीलाई सम्मान गरिएकाे शिक्षा संकाय प्रमुख माधव सिग्देलले जानकारी दिनुभयाे ।

    कलेजका संस्थापक अध्यक्ष एवम् संरक्षक मदनभक्त अधिकारी, सञ्चालक समितिका उपाध्यक्ष नीलकण्ठ मरासिनी ,नेपाली कांग्रेस गैडाकाेट नगरसभापति बद्री सापकाेटा लगायतकाे उपस्थिती रहेकाे कार्यक्रमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कलेजकाे बुधबार सम्पन्न प्रथम सभाले महेन्द्रभक्त अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरिएकाे छ । अन्य पदाधिकारी मनाेनित गर्ने गरि प्रक्रिया अघि बढाईनेछ ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.