• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

स्थानीयको भरोसा बटुल्दै १०६ मेगावाट क्षमताकाे जगदुल्ला जलविद्युत आयोजना

  •   शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको गति तीव्र देखिएको छ । जटिल भूबनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामको गति बढेको स्थानीयले बताएका छन् ।

    आयोजनाको सार्वजनिक सुनुवाइको क्रममा स्थानीयवासीले काम गर्ने तरिका राम्रो भएको भन्दै डोल्पा मात्र नभई कर्णालीकै भविष्यसँग जोडिएको आयोजना भएकाले राज्यले बढी ध्यान दिनुपर्ने बताएका थिए । सञ्चारदेखि अन्य कुनै पनि माध्यमबाट सहज नभएको ठाउँका आयोजनाको निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाको कुशल नेतृत्वकै कारण सबै काम गर्न सहज भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।

    ‘सर्वसाधारण , स्थानीय सरकारदेखि आयोजना प्रमुख सापकोटाको कुशल नेतृत्व भएकै कारण जगदुल्ला जलविद्युत आयोजना (१०६ मेगावाट) कामले गति लिएको छ,’ उनले भने ।

    मुड्केचुला गाउँपालिका-४ इलमा विद्युत उत्पादनगृह निर्माण हुने छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य ड्याम रहने छ । यही आयोजनासँग निर्माण गर्ने भनिएको नलगाड जलविद्युत आयोजना (४१७ मेगावाट) को डिपिआरसमेत सम्पन्न हुन सकेको छैन ।

    ३१ महिनाभित्र डिपिआर सकिने सहमति भए पनि झन्डै ६७ महिनासम्म नबन्दा समस्या देखिएको छ । डिपिआर सम्पन्न गर्न चारपटकसम्म म्याद नै थपिएको छ, तर अहिलेसम्म प्रगति शून्य छ । २० अर्ब लगानीमा निर्माण हुन लागेको यो आयोजना दैनिक एक करोड २० लाख आम्दानी गर्ने अपेक्षा लिइएको छ ।

    उज्यालो नेपाल अभियानमार्फत राज्यलाई आत्मनिर्भर समुन्नत र समृद्ध बनाउन तथा मुलुकको ऊर्जा विकासमा टेवा पु¥याउन विधिवत रूपमा कम्पनी ऐनअनुसार १६ जेठ ०७४ मा कम्पनीको स्थापना गरिएको थियो । कम्पनीले छोटो समयमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन प्राप्त गरी वातावरणीय प्रभाव मूल्यांकन कार्यअन्तर्गत सार्वजनिक सुनुवाइसमेत गरिसकेको छ।

    आयोजनाको विद्युतगृह स्थल इलमा थप भौगर्भिक अध्ययन कार्यका लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको समेत प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताएको छ । कुल चार सय मिटर लम्वाइ रहेको नमुना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम  सम्पन्न भएको छ । अस्थायी कार्यालय तथा आवास भवनको निर्माण कमसमेत सम्पन्न गरिसकेको छ ।

    जटिल भूगोल र हेलिकोप्टरबाट लिइएका सामग्रीबाट त्यहाँको नमुना परीक्षण हुने गरेको छ । आयोजनाका लागि आवश्यक पर्ने २६० रोपनी जग्गा अधिग्रहण र मुआव्जाको काम अघिल्लो वर्ष नै भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदनको कामसमेत सम्पन्न अघिल्लो वर्ष सम्पन्न भइसकेको छ ।

    आयोजनाको पहुँचमार्ग जाजरकोट–डोल्पा सडक त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गरी आयोजना स्थल मुड्केचुला र जगदुल्ला सडक खण्ड निर्माण गर्नुपर्ने बाध्यता छ । डोल्पास्थित प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार कार्यालय तथा स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरि करिब ३० किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न गरिसकेको छ ।

    प्रदेशसभा सदस्य वीरबहादुर शाहीले आयोजनाको काम सन्तोषजनक भएको भन्दै थप प्रगतिका लागि अहिले टिमलाई पूर्ण जिम्मेवारी दिई कामलाई गति दिनुपर्ने बताउनुभयो । यो आयोजनाबाट उत्पादन गरिएको विद्युत रुकुम पश्चिमको बाँफिकोटमा विद्युत प्राधिकरणको निर्माणाधीन सवस्टेसनमा ल्याएर जोडिने छ ।

    आयोजना निर्माणको लागत घट्यो

    आयोजनाको विस्तृत परियोजना प्रतिवेदनअनुसार आयोजना निर्माणको कुल लागत २० अर्ब लाग्ने अनुमान गरिएको हो । तर, यसअघि २३ अर्ब लागत अनुमान गरिएको आयोजना निर्मित कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए  । करिब ६ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित तीन सय मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

    कुल तीन सय सात मेगावाट विद्युत् उत्पादनगर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण एक सय ६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।

    जगदुल्ला गाउँपालिका-१, हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ । ६ घन्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले  पाउनेछन् ।

    आयोजना निर्माणका लागि आवश्यक विद्युतका निम्ति इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीयखोलाबाट दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनको काम सुरु गर्न लागिएको  छ । आयोजना निर्माणस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सञ्जय सापकोटाले जानकारी दिए।

    तीन करोड लागतमा जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम सुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको समयमा सम्पन्न हुन मुस्किल देखिएको छ । काइगाउँबाट मुड्केचुलासम्म जोड्ने सडकको काम पाँच करोड रुपैयाँमा सुरु गरिएको प्रदेश सभा सदस्य शाहीले जानकारी दिए।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.