• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

भरतपुर–कालिका जोड्ने खगेरी खोलामा मोटरेबल पुल बन्दै

  •   शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको खगेरी खोलामा भरतपुर र कालिका जोड्ने गरी मोटरेबल पुल बन्ने भएको छ । कुल ७० मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको पुल बन्न लागेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुल निर्माणका लागि सामान झार्ने काम भइरहेको कार्यालयकी इन्जिनियर पूजा ढकालले जानकारी दिइन् ।

    उनका अनुसार लामा गौरीशङ्कर हिमालय कन्स्ट्रक्सन काठमाडौँले पुल निर्माणको जिम्मा पाएको छ । कुल ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमा मोटर गुड्ने भाग ७.५ मिटर र बाँकी पैदल हिँड्न मिल्ने गरी फुटपाथ बनाइने उनले बताइन् । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी बागमती प्रदेश सरकारको मूल्य अभिवृद्धि करसहित कुल १० करोड ९७ लाख ८८ हजार १२५ रूपैयाँ बजेटमा उक्त पुल बन्न लागेको उनले बताइन् । पुल निर्माणका लागि बागमती प्रदेश सरकारले उक्त बजेट विनियोजन गरेको हो ।

    पुल निर्माणका लागि निर्माण कम्पनीसँग गत असार २० गते नै सम्झौता भएको थियो । भरतपुर महानगरपालिकाको वडा नं–११ को लामाटोलदेखि कालिका नगरपालिकाको वडा नं–५, पदमपुर जोड्ने गरी पुल बन्न लागेको हो । निर्माण सामग्री झार्ने काम भइरहेको हुँदा अबको करिब हप्ता÷दस दिनमा निर्माण कार्य सुरू हुने इन्जिनियर ढकालको भनाइ छ । भरतपुरको भोजाडदेखि पदमपुर जाने बाटोमा रहेको खगेरी खोलाको पुलभन्दा करिब दुई किलोमिटर उत्तरतर्फ पर्ने सोही खोलाको कमिनीघाट भन्ने ठाउँमा अर्को पुल बनेपछि कालिका नगरपालिकाको उत्तरी बस्तीका बासिन्दालाई भरतपुर आउने बाटो छोटिने स्थानीयको भनाइ छ ।

    ‘कमिनीघाटमा पुल नहुँदा हामीलाई भरतपुर जान धेरै बाटो घुम्नुपथ्र्यो’, कालिका–५ का काशिराम महतोले भने, ‘पुल बनेपछि बाटो छोटो हुनुका साथै बजारसम्म पुग्न धेरै सहज हुने भयो ।’ पदमपुरवासीले भरतपुरसम्म आउनका लागि वर्षौंदेखि कमिनीघाटकै बाटो प्रयोग गर्दै आएका छन् । तर, खगेरीमा पुल नहुँदा वर्षात्को समयमा भने यो बाटो ठप्प हुने उनले बताए । पदमपुर तरकारी र केरासहित खेतीपातीका लागि यसै पनि उर्वरभूमि मानिन्छ ।

    आफूलाई पायक पर्ने स्थानमा पुल बन्ने भएपछि पदमपुर क्षेत्रको विकासमा अझ सहज हुने उनको भनाइ छ । कमिनीघाट भरतपुर–११ को लामाटोलबाट करिब दुई किलोमिटर पूर्वमा पर्छ । यहाँ पुल निर्माण भएपछि भरतपुर–११ र कालिका–५ को दूरी पनि नजिक हुने भरतपुर–११ का वडा अध्यक्ष बाबुराम अधिकारी बताउँछन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.