• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

चितवनको पहिलो डेरी अन्नपूर्ण दुग्ध उत्पादक सहकारीको ३८औं साधारण सभा सम्पन्न

  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । किसानलाई पुरस्कृत गर्दै अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो ३८ औं साधारण सभा सम्पन्न गरेको छ ।
    सहकारीले आफ्नो साधारण सभाको अवसर किसान, कर्मचारी र सहकारीको उद्योगको उत्पादन विक्रि गर्ने बिक्रेता सहित गरेर १०८ जनालाई सम्मान गरेको हो ।

    संस्थाले स्व। शोभाकर चापागाईं स्मृति सम्मान बाट संस्थापक सञ्चालक सदस्य बमबहादुर राउतलाई सम्मान गरेको छ ।
    यस्तै, कर्मचारीतर्फ उत्पादन सहयोगी मनहरी चालिसे, संस्थाको उत्पादन बजारीकरण तर्फ सहयोग गर्ने नारायणप्रसाद तिमल्सेना, ईश्वरीप्रसाद सापकोटा, बजारीकरणतर्फ उत्कृष्ट कर्मचारी रेशम तिबारी, नवव्यावसायिक अनुशासित कृषक संजिव न्यौपाने, उत्कृष्ट दलित कृषक चलबिर परियार, उत्कृष्ट व्यावसायिक एकल महिला कृष्णकला पौडेल र गुणस्तरीय दुध उत्पादनतर्फ कृष्ण प्रसाद तिमल्सेनालाई सहकारीले पुरस्कृत गरेको छ ।

    क्रमशः निर्मला घिमिरे, सितादेबी अधिकारी, उत्तमनाथ शर्मा लाई बचत तथा ऋण कार्यक्रमतर्फ उत्कृष्ट बचतकर्ताको रुपमा सम्मानित भए । भने उत्कृष्ट ऋणी तर्फ खड्क बहादुर नेपाली सम्मानित भएका छन् । यस सहकारीमा झण्डै ५० हजार लिटर दूध विक्रि गर्ने न्यू गोर्खाली गाई फर्म सहित ३२ जना उत्कृष्ट दूध उत्पादक कृषक सम्मानित भए । ७५ वर्ष माथिका जेष्ठ शेयर सदस्य सम्मानमा राम प्रसाद सुवेदीलाई सहकारीले सम्मान गरेको थियो ।

    सहकारीले २०६० सालमा दाना उद्योग, २०६१ सालमा दूध चिस्यान केन्द्र, २०६६ सालमा पशुविमा कार्यक्रम, २०६७ सालमा कृषक बचत तथा ऋण कार्यक्रम , २०६८ सालमा आफ्नै उन्नत गाई स्रोत केन्द्र र २०७१ सालमा दुग्ध विविधीकरण परियोजना मार्फत् डेरी उद्योग संचालन गर्दै आएको छ । गत साल देखि सहकारीले साइलेज उद्योग पनि संचालन गरेको छ । सो अनुसार दाना बिक्रीतर्फ किसान प्रगती सहकारी संस्था लिमिटेड र चक्रावती सामाजिक उद्यमी महिला सहकारी संस्था देवघाट सम्मानित भएका छन् ।

    यस्तै संस्थाको दुध विविधिकरण अन्र्तगत उत्कृष्ट बिक्रेताहरुमा ४ वटा होटल र ४२ वटा किराना पसल एवम् कोल्ड स्र्टोस सम्मानित भए । डिलरतर्फ २, डेरी तर्फ ३ र चितवन बाहिरका ८ वटा विक्रि केन्द्रहरुलाई पुरस्कृत र सम्मान गरेको संस्थाका ब्यवस्थापक करुण पोख्रेलले बताए ।
    सहकारीको यस साधारण सभाको उद्घाटन प्रमुख अतिथी बागमती प्रदेशका सासंद रामलाल महत्तोले गर्नु भएको थियो । संस्थाको अध्यक्ष ऋषिराम चापागाईले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    आजभन्दा ३८ वर्ष अगाडि २०४१ सालमा यस संस्था दुग्ध विकास संस्थानद्धारा सुरुवात गरिएको चितवनको पहिलो डेरी हो । भने यस सहकारी भएको क्षेत्र जनस्तरबाट ब्यवसायीक रुपमा उन्नत गाईपालन गर्ने क्षेत्र पनि हो । ५० जना बाट १३० लिटर दूध संकलन गर्दै सुरु भएको यस सहकारीमा अहिले ८ हजार २ सय लिटर सम्म दूध संकलन हुन्छ । अन्नपूर्णका दूध र दुग्धजन्य परिकार देशभरीनै चर्चित छ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.