काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९१ हजार रुपैयाँ प्रतितोला कारोबार भएको सुन घटेर शुक्रबार ९० हजार ५ सयमा कारोबार भएको छ। चाँदीअघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








