• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

शिवम् सिमेन्टका कारण बस्ती जोखिममा

  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौँडा । मकवानपुरको हेटौँडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेका छन् ।उक्त खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा खेतबारी र घर बगाउनेसमेत चिन्ता बढेको स्थानीयवासीको गुनासो छ ।

    उद्योगको ढुङ्गाखानी मकवानपुरगढी गाउँपालिका– २, ३, ६, ७ र ८ मा विस्तार भए पनि विशेष गरी खानी आसपासका र सामरी खोला किनारका बासिन्दा चिन्तित छन् । उद्योगले मकवानपुरगढीको खोटार, चपकी र कलवान क्षेत्रमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गरी पथ्थर र माटो बालुवा यत्रतत्र फाल्दा त्यहाँका जगङ्लसमेत मासिएको छ । उद्योगले खानी उत्खनन गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको बस्ती तथा भूमि संरक्षण समूहका सचिव पुस्कर तिमल्सिनाले बताउनुभयो ।

    उक्त समूहको टोलीले केही दिन अगाडि चुनढुङ्गा खानी क्षेत्रको अवलोकन गरेर खानी अव्यवस्थित रुपमा सञ्चालन भएको भन्दै प्रतिवेदन तयार गरेको उहाँको भनाइ थियो । समूहले खानी अव्यवस्थित भएको देखाउँदै उद्योगसँग १२ बँुदे माग राखेको थियो । मागपत्रमा खानीबाट निस्केर प्रयोगमा नआउने कञ्चापदार्थ सुरक्षित स्थानमा राख्नुपर्ने र बोटबिरुवा तथा जडीबुटीमा असर नपर्ने गरी गाउँपालिकासँग स्वीकृति लिएर व्यवस्थापन गर्नुपर्ने, खानी उत्खनन गर्दा वैज्ञानिक मापण्ड अपनाउनुपर्ने, खानीका कञ्चापदार्थलाई उचित व्यवस्थापन गर्नेुपर्ने र वडा नं १ देखि वडा नं ८ सम्मका तटीय क्षेत्र पूर्ण जोखिममा रहेकाले संरक्षणको जिम्मा सम्बन्धित उद्योगले लिनुपर्नेजस्ता विषय रहेको जनाइएको छ ।

    उक्त विषयमा स्थानीयवासीको बसेको सर्वपक्षीय बैठकले खानी उत्खननमा भएको दुरुपयोग नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ । मकवानपुरगढी गाउँपालिका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष र बस्ती संरक्षण समूहको प्रतिनिधिबीच भएको बैठकले पुस १९ गते र ३० गतेसम्म खानी क्षेत्रको अवलोकन गरेर थप विवरण लिने निर्णय गरेको सचिव तिमल्सिनाले जानकरी दिनुभयो ।उद्योग प्रशासनलाई पटकपटक जथाभावी उत्खनन नगर्न ताकेता गर्दासमेत सुनवाइ नगरेकाले वास्तविक प्रतिवेदन आएपछि कारबाही अघि बढाइने उहाँले बताउनुभयोे ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.