• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

नवलपुरमा मतदाता नामावली सङ्कलनमा उत्साह

  •   सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । “बाबु मेरो यो फाराम भरिदेऊ न !” ७३ वर्षीय बोधराज पाठकले नागरिकता र एउटा फाराम दिँदै आग्रह गर्नुभयो, “म बूढो मान्छे, अलि सञ्चो पनि छैन, फाराम भरेर फोचो खिचाएपछि घर गएर दबाइ खानुछ ।” गैँडाकोट–४ का स्थायी बासिन्दा उहाँ पहिलोपटक फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि घुम्ती टोली आएको ठाउँ नगरपालिका कार्यालयमा पुग्नुभएको थियो ।

    मुलुकमा गणतन्त्र आएपछि उहाँले मतदान गर्नुभएको छैन । “पहिला पहिला त भोट हालेँ तर ६४ सालपछि भोट हालेको छैन” उहाँले भन्नुभयो, “बिरामी भएर फोटो खिचाउन पाइँन, परिचयपत्र नबनेपछि भोट हाल्न नपाइने रैछ, त्यसैले मतदान अधिकारीबाट वञ्चित भएँ ।” आगामी निर्वाचनमा मतदान गरेर राम्रो उम्मेदवारलाई मतदान गर्ने जनाउँदै उहाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आएको बताउनुहुन्छ । यसअघिका निर्वाचनमा आफ्ना छोरा, नातिले मताधिकार प्रयोग गरेको भए पनि आफूले भोट हाल्न नपाउँदा खल्लो लागेको भन्दै अबको निर्वाचनमा असल उम्मेदवार छान्ने गरी मताधिकार प्रयोग गर्ने उहाँ बताउनुहुन्छ ।

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने अभियानअनुसार हाल जिल्लाका तीन स्थानीय तहमा घुम्ती टोली खटिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये बौदिकाली, हुप्सेकोट, बुलिङटार र विनयी त्रिवेणी गाउँपालिकामा नामावली सङ्कलनको काम सकिएको छ भने अहिले मध्यबिन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा परिचयपत्रको फारम भर्ने अभियान जारी छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय कावासोती र जिल्ला निर्वाचन कार्यालय कावासोतीमा पनि नियमित रुपमा मतदाता नामावली सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो ।

    जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँगै स्थानीय तहमा सञ्चालन भएको घुम्ती टोलीबाट मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि १६ वर्षीय युवादेखि ९९ वर्षीय ज्येष्ठ नगारिकसम्म पुगेका देखिन्छन् । मतदाता नामावलीमा नाम दर्ता गराउन आउनुभएका गैँडाकोट–१८ बसेनीका ५० वर्षीय हेमलाल आले मगरले यसअघि कहिल्यै पनि मतदान नगरेको बताउनुहुन्छ । “भोट हाल्ने बेलामा म सधैँ विदेशमा नै हुन्थेँ, अहिलेसम्म भोट हाल्न पाएको छैन”, मगरले भन्नुभयो, “मेरो छोराछोरी सबैले भोट हालेका छन्, तर मेरो नाम भोटर लिस्टमा नभएपछि अहिले नाम दर्ता गराउन आएको हो ।”

    विसं २०७४ मा सम्पन्न भएको आम निर्वाचनपछि मात्रै मगर स्वदेश फिर्ता हुनुभएको हो । “घर आएको पनि चार वर्ष भइसक्यो तर भोट हाल्ने लिस्टमा नाम लेखाएको थिएन”, मगरले भन्नुभयो, “अहिले नगरपालिकामा टोली आएको छ, गएर नाम भर्नु भनेर वडाध्यक्षले भनेपछि यहाँ आएर नाम टिपाउँदैछु ।” नगरपालिकामा टोली आएपछि मात्रै गाउँबाट धेरै मानिसहरु नामावलीमा नाम दर्ता गराउन गैँडाकोट झरेका उहाँले बताउनुभयो । गैँडाकोटको वडा नम्बर ३ र १८ जिल्लाकै दुर्गम वडामा पर्दछ ।

    वडा नम्बर १८ बाट नगरपालिका आएर फर्किदा एक दिनको समय पूरै खर्चिनुपर्ने हुन्छ । “भोट हाल्नका लागि फोटो खिचाउन जानू भनेर यसअघि कसैले पनि भनेनन्, त्यसमाथि कावासोती जान टाढा पर्छ”, उहाँले भन्नुभयो, “अहिले आफ्नै नगरपालिकामा टोली आएको छ भनेर हामी गाउँबाट धेरै जना यहाँ आएका छौँ, तर काम सकाउँदा सिङ्गै दिन बित्यो ।” मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीडमा गैँडाकोट–१४ की १७ सरिता शर्मा पनि हातमा नागरिकता र फाराम लिएर उभिनुभएको थियो ।

    “नागरिकता बनाउने बेलामा जिल्लामा धेरै भीड थियो, त्यहाँ मतदाता नामावलीमा नाम दर्ता नगरी फर्किएँ”, उहाँले भन्नुभयो, “अहिले आफ्नै नगरपालिकामा फाराम भर्न पाउँदा खुसी छु ।” अब हुने निर्वाचनमा भोट हाल्न पाउने नपाउने अन्यौल भए पनि आफू बालिग भएपछि मताधिकार प्रयोग गर्न पाइने भएका नामावलीमा नाम दर्ता गराउन आएको उहाँको भनाइ छ । “७४ सालको निर्वाचनको याद अलिअलि आउँछ सबै जना भोट हाल्ने भन्दै लाइनमा बस्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “यस पटक त मैले पनि भोट हाल्न पाउँछु भन्ने आशा जागेको छ, हेरौँ उमेर पुग्यो भने पाउँला होइन भने अर्को पटक त पक्कै भोट हाल्न पाउँछु ।”

    युवाहरुले हाम्रोलाई भन्दा पनि राम्रो उम्मेदवारलाई भोट हालेर नयाँ नेपाल निर्माणमा सहभागी हुन पनि मताधिकार प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । नामावलीमा १६ वर्ष पुगेर नागरिकता बनाएका नेपाली नागरिकको नाम दर्ता गरिने भए पनि १८ वर्ष पुगेपछि मात्रै मतदाता नामावलीमा नाम प्रविष्ट भएर उनीहरुले भोट हाल्ने अधिकार पाउने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो । अभियान चल्दा मात्रै हुलका हुल नागरिक फाराम भर्न आउने गरेको अनुभव सुनाउँदै उहाँले अन्य समयमा पनि नामावलीमा नाम दर्ता गराउनका लागि नागरिकलाई स्थानीय राजनीतिकर्मीले सचेत गराउनुपर्ने बताउनुभयो ।

    मतदाता नामावलीमा पहिलोपटक नाम दर्ता गराउनका लागि नागरिकले सक्कल नागरिकता, नागरिकताको फोटोकपी, विवाह गरेर आएको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइँसराइ गरेर आएको हकमा बसाइँसराइको प्रमाणपत्र पेस गर्नुपर्ने निर्वाचन अधिकारी भुसालले जानकारी दिनुभयो । पहिलोपटक नामावलीमा नाम दर्ता गराउनबाहेक मतदाता नामावलीमा नाम सच्याउन, मतदान गर्ने स्थान परिवर्तन गर्नलगायतको लागि भने नागरिकले आवश्यक कागजपत्र लिएर जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने उहाँले बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.