गैडाकोट । मुक्तिनाथ विकास बैंककाे बाषिकाेत्सवकाे अवसरमा लक्ष्मिनारायणा मन्दिर तथा मुक्तिनाथ भजन कृतन समुहलाई कुर्चि हस्तान्तरण गरेको छ । बाषिका्त्सव अन्तगत साेमबार २२ थान कुर्चि हस्थान्तरण गरिएकाे हाे ।
मुक्तिनाथ बिकास बैक नारायणगढ उप क्षेत्रिय कार्यलय प्रमुख नर्मरता श्रेष्ठ, शाखा प्रबन्धक श्री पुष्पराज रिजालले वैंकले गर्ने गतिविधि, जनताको वैंकमा हुने पहुचबाट व्यक्ति हुदै राज्यले पाउन सक्ने सेवा सुविधाको वारेमा जानकारी गराउनु भएको थियो। त्यसै गरी प्रमुख अतिथि नारायण्गढ उप क्षेत्रिय प्रमुख श्रेष्ठले मुक्तिनाथ विकाश वैंकले संचालन गरेको यस किसिमको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम समय सान्दर्भिक र सराहनिय योग रहेको र बैंकले यस्ता खालका कार्यक्रम स्थानिय स्तरमा समय–समय गरिराख्नुपर्ने धारणा पनि व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा मुक्तिनाथ बैक नारायणगढ अनुगमन अधिकृत नगेन्द्र राज पौडेले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा बोल्दै पौडेलले यो सहयोगले जनतामा बैक प्रतिको धाराणा सकारात्मक हुनेमा विश्वास व्यक्त गर्नु भयको थियो।








