• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग: केबीए ग्लोबल बीएफसीद्वारा एनएफसी फराकिलो अन्तरले पराजित

  •   बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  सेन्ट्रल कलेज चितवन जिल्ला ‘ए’ डिभिजन लिगको हेभिवेट भिडन्तमा केबीए ग्लोबल भरतपुर फुटबल क्लब (बीएफसी) ले बाजी मारेको छ ।  बुधबार  सम्पन्न दोस्रो खेलमा बीएफसीले नारायणगढ फुटबल क्लब एनएफसीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । सुरुवातदेखि नै एनएफसीमाथि हाबी भएको बीएफसीले पहिलो हाफमा नै ३ गोल गर्न सफल भएको थियो । अर्को एक गोल दोस्रो हाफमा सम्भव भयो । बीएफसीको जितमा राज भुसालले २ तथा प्रियस तामाङ र असिम गुरुङले समान १-१ गोल गरे ।

    खेलको आठौं मिनेटमा प्रियसले गोल गर्दै बीएफसीलाई सुरुवाती अग्रता दिलाएका थिए । १६ औं मिनेटमा राजले बीएफसीलाई दोहोरो अग्रता दिलाए । ३१ औं मिनेटमा राजले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा नै बीएफसीले ३-० को अग्रता लियो । दोस्रो हाफमा बीएफसीले थप एक गोल गर्‍यो । खेलको ७५औं मिनेटमा असिमले राजको पासमा गोल गर्दै बीएफसीलाई ४-० को फराकिलो जित दिलाए । खेलको म्यान अफ दि म्याच दुई गोल गर्न सफल बीएफसीका राज भुसाल घोषित भए ।

    जितसंगै बीएफसी ३ अंकसहित समूह ‘ए’ को शिर्ष स्थानमा उक्लिएको छ । समान अंक भए पनि माडी ११ गोल आधारमा दोस्रो स्थानमा छ । यसअघि आजै सम्पन्न पहिलो खेलमा माडीले गीतानगर ब्वाइजलाई ४-१ ले पराजित गरेको थियो । माडीको जितमा सुमन महतोले दुई तथा किशोर चौधरी र विशाल सुनारले समान एक-एक गोल गरे । गीतानगरका सोमकुमार श्रेष्ठले एक गोल फर्काए । खेलको पहिलो हाफमा गीतामगरविरुद्ध माडी हाबी भएको थियो । पहिलो हाफको अतिरिक्त समयमा माडीले गोल गर्दै अग्रता लियो ।

    माडीका सुमन महतोले सुन्दर गोल गर्दै पहिलो हाफमा अग्रता दिलाए । त्यस अघि पहिलो हाफमै माडीले गोल गर्ने केही अवसर खेर फाल्यो । गीतानगरले पनि पहिलो हाफमा केहि अवसर खेर फालेको थियो । पहिलो हाफमा १-० ले पछि परेको गीतानगरले दोस्रो हाफमा लयमा फर्कियो । खेलको ४८औं मिनेटमा गीतानगरका सोम बहादुर श्रेष्ठले रिबाउन्डमा गोल गर्दै खेलमा बराबरी गरे । अन्तिम १५ मिनेटमा गीतानगरविरुद्ध माडी फेरि हाबी भयो । खेलको ६७ औं मिनेटमा माडीले अग्रता लियो ।

    माडीका सुमन महतोले व्यक्तिगत दोस्रो गोल गर्दै माडीलाई २-१ को अग्रता दिलाए । गीतानगरविरुद्ध लगातार आक्रमण गरेको माडीले ७१ औं मिनेटमा अग्रता लम्बायो । ७१ औं मिनेटमा किशोर चौधरीले गोल गर्दै माडीलाई ३-१ को अग्रता दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विशाल सुनारले दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै माडीलाई ४-१ को सहज जित दिलाए । खेलको म्यान अफ दि म्याच माडीका लागि दुई गोल गरेका किशोर महतो घोषित भए । लिगमा बिहीबार पनि दुई खेल हुँदैछ। बिहीबारको पहिलो खेलमा एस्ट्रोल युथ सोसाइटी र हर्दी युवा समाज भिड्नेछन् । यो खेल दिउँसो १ बजे हुनेछ ।

    यस्तै बिहीबार दिउँसो ३:३० बजे एभरेष्ट क्लब र नारायणी फुटबल क्लबबीच खेल हुनेछ। चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.