हेटौंडा । मकवानपुर प्रहरीले अवैध रुपमा नदीजन्य उत्खनन् गर्ने ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । बुधबार जिल्लाको हेटौंडा उपमहानगरपालिकास्थित राप्तीबाटबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
उनका अनुसार, प्रहरीले ना. ७ त २९७०, ना. ६ त ४०४१ र २ वटा अन्टेष्ट ट्याक्टरले अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरी लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको ती ट्याक्टरलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायका पाठउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।








