• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सेन्ट्रल कलेज चितवन जिल्ला लिगः पानस र गीतानगर ब्वाइजले अंक बाँडे

  •   शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला लिगमा पानस युवा क्लब र गीतानगर ब्वाइजले अंक बाँडेका छन् । आज (शनिबार) भएको दोस्रो खेलमा गोलरहित बराबरी गर्दै पानस र गीतानगर ब्वाइजले एक(एक अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले प्राप्त केही अवसर सदुपयोग गर्न सकेनन् । पानसका लागि गीतानगरका गोलरक्षक अमृत गुरुङ बाधक बने ।

    उनले पानसको आधा दर्जन बढी प्रहार बिफल पारे । गीतानगरको फिनिसिङ कमजोर देखियो । यससँगै गीतानगरले दुई खेलबाट एक अंक बटुलेको छ । गीतानगर यस अघि पहिलो खेलमा माडी ११ सँग ४–१ ले पराजित भएको थियो । उता पानसले एक खेलबाट एक अंक बटुलेको छ । खेलको म्यान अफ दि म्याच गीतानगरका गोलरक्षक अमृत गुरुङ घोषित भए । यस अघि आजै सम्पन्न पहिलो खेलमा यात्रा ग्रुप भरतपुर बिजयी भएको थियो । यात्राले रामपुर फुटबल क्लब रड्सलाई १–० ले पाखा लगायो ।

    यात्राको जितमा विवेक थापा मगरले गोल गरे । खेलमा रामपुरले गोल गर्ने प्रसस्तै अवसर पाए पनि सदुपयोग गर्न सकेन । यात्राका डिफेन्डर र गोलरक्षक रामपुरका लागि बाधक बने । यात्राले कमै अवसर पाए पनि प्राप्त अवसर सदुपयोग गर्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा यात्राले गोल गर्न सफल भयो । खेलको ६६ औं मिनेटमा यात्राका विवेकले डि बक्स बाहिरबाट सुन्दर चिप गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच यात्राका गोलरक्षक सौरभ कंडेल घोषित भए ।

    उनले आधा दर्जन बढी उत्कृष्ट बचाउ गरेका थिए । जितसंगै यात्राले ३ अंक बटुल्यो । लिग अन्तर्गत शनिबार तीन खेल हुनेछ । शनिबारको पहिलो खेलमा नारायणगढ फुटबल क्लब (एनएफसी) र सौराहा युवा समाज भिड्नेछन् । दुबै टोली पहिलो जितको खोजीमा हुनेछ । एनएफसी पहिलो खेलमा भरतपुर फुटबल क्लब (बीएफसी) सँग ४(० ले पराजित भएको थियो भने सौराहा नारायणी मोटर्स युनिक एफसी बसेनीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

    शनिबारको दोस्रो खेलमा केबीए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र माडी ११ भिड्नेछन् । दुबै टोली दोस्रो जितको खोजिमा हुनेछन् । बीएफसीले पहिलो खेलमा नारायणगढ फुटबल क्लबलाई ४(० ले हराएको थियो भने माडीले गीतानगर ब्वाइजलाई ४(१ ले पराजित गरेको थियो । यो खेल दिउँसो १ बजे हुनेछ । शनिबारकै तेस्रो खेलमा सेन्ट्रल कलेज एभरेष्ट क्लब र हर्दी युवा समाज भिड्नेछन् । यि दुबै टोली पनि लगातार दोस्रो जितकै खोजिमा हुनेछन् ।

    हर्दीले पहिलो खेलमा एस्ट्रल युथ सोसाइटी चोकबजारलाई २–१ ले हराएको थियो भने एभरेष्टले नारायणी एफसीलाई ४–१ ले पराजित गरेको थियो । यो खेल दिउँसो ३ः३० बजे हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५÷२५ हजार प्राप्त गर्नेछ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.