• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन जिल्ला लिगमा बिएफसीको लगातार तेस्रो जित

  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) ले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।
    आज (सोमबार) भएको दोस्रो खेलमा १० खेलाडीमा सीमित बिएफसीले पानस युवा क्लबलाई १-० ले पराजित गरेको हो । जारी लिगमा बिएफसीको यो लगातार तेस्रो जित हो । बिएफसीले यस अघि पहिलो खेलमा नारायणगढ फुटबल क्लब एनएफसीलाई ४-० तथा दोस्रो खेलमा माडी ११ लाई २-१ ले पराजित गरेको थियो ।

    बिएफसीको जितमा असिम गुरुङले गोल गरे । उनले खेलको ११ औं मिनेटमा गोल गरे । उक्त गोल बिएफसीलाई जिताउन काफी भयो । पानसले खेलमा फर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

    खेलको अन्तिम केही मिनेट तनावपूर्ण भएको थियो । खेलमा थप गरिएको अतिरिक्त ८ मिनेटको दोस्रो मिनेटमा बिएफसी १० खेलाडीमा सीमित भयो । बिएफसीका मिडफिल्डर लीलाबहादुर तामाङले पानसका खेलाडीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड दिएका थिए । खेलाडीले मैदान छोड्न नमानेपछि केही बेर तनाव भएको थियो । सोही प्रकरणमा रेफ्रीले बिएफसीका मुख्य प्रशिक्षक धुर्व भुसाललाई पहेलो कार्ड दिएका थिए ।

    खेलको म्यान अफ दि म्याच बिएफसीका सुदिप तामाङ घोषित भए । जितसँगै बिएफसीले तालिकामा ३ खेलबाट ९ अंक बनाएको छ । बिएफसी समूह ‘ए’ को शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको माडीको २ खेलबाट ३ अंक छ ।

    यस अघि आजै भएको पहिलो खेलमा नारायणी मोटर्स युनिक क्लब बसेनी र नारायणगढ फुटबल क्लब (एनएफसी) १-१ को बराबरीमा रोकिएका छन् । युनिकका लागि अमृत घले तथा नारायणगढका लागि सागर लोप्चनले गोल गरे ।

    खेलमा युनिकले सुरुवाती अग्रता लिएको थियो । खेलको आठौं मिनेटमा अमृतले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ल पछि परेको नारायणगढले दोस्रो हाफमा गोल फर्कायो । ७६ औं मिनेटमा युनिकका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले नारायणगढलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई सागरले कुनै गल्ती नगरी गोलमा परिणत गराए ।

    खेलको म्यान अफ दि म्याच युनिकका गोलरक्षक मिनशिखर गुरुङ घोषित भए । बराबरीपछि युनिकले दुई खेलबाट २ अंंक बटुलेको छ । एक खेल बढि खेलेको नारायणगढको पनि समान अंंक छ ।

    लिगमा मंगलबार पनि दुई खेल हुनेछ । मंगलबार पहिलो खेलमा माडी ११ र सौराहा युवा समाज भिड्नेछन् । यो खेल दिउँसो १ बजे हुनेछ । मंगलबार नै दिउँसो ३:३० बजे रामपुर फुटबल क्लब रड्स र हर्दी युवा समाजबीच खेल हुनेछ ।

    चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.