• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

नारायणीको दोस्रो जित, एस्ट्रललाई रेलिगेसनको खतरा

  •   बुधबार, पुष २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी फुटबल क्लबले दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत आज (बुधबार) को दोस्रो खेलमा नारायणीले एस्ट्रल युथ सोसाइटीलाई २-० ले पाखा लगाएको हो । नारायणीको जितमा अजय गुरुङ र अमृत श्रेष्ठले गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

    खेलको ६४ औं मिनेटमा अजयले गोल गर्दै नारायणीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा अमृतले गोल गर्दै नारायणीको २-० को जित सुनिश्चित गरे । खेलको म्यान अफ दि म्याच नारायणीका अजय गुरुङ घोषित भए । आजको जितसँगै नारायणीले समूह ‘बी’ को तालिकामा ३ खेलबाट ६ अंक बनाएको छ । यससँगै समूह ‘बी’ रोमाञ्चक बनेको छ । यो समूहमा रहेका शिर्ष चार टोलीको समान ६-६ अंक भएको छ ।

    गोल आधारमा सेन्ट्रल कलेज एभरेष्ट क्लब समूहको शिर्ष स्थानमा छ भने रामपुर फुटबल क्लब रड्स दोस्रो स्थानमा छ । यस्तै बगान यात्रा ग्रुप तेस्रो तथा नारायणी फुटबल क्लब चौथो स्थानमा छ । हर्दी युवा समाज समान खेलबाट ३ अंकसहित पाँचौ तथा अंक बिहिन एस्ट्रल पुछारमा छ। एस्ट्रलको यो लगातार तेस्रो हार हो। आजको हारसँगै एस्ट्रल रेलिगेसनको खतरामा परेको छ । लिगमा एस्ट्रलले दुई खेल खेल्न बाँकी छ । रेलिगेसनबाट जोगिन एस्ट्रललाई बाँकी जित्नै पर्ने दबाब छ भने अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । यसअघि आजको पहिलो खेलमा बगान यात्रा ग्रुपले एभरेष्टविरुद्ध रोमाञ्चक कमब्याक जित निकालेको थियो ।

    दुई गोलले पछि परेको अवस्था उल्टाउदै यात्राले एभरेष्टलाई ३-२ ले पाखा लगायो । निकै रोमाञ्चक खेलमा यात्रालाई जिताउन सुरजराज भण्डारी, प्रविण श्रेष्ठ र विवेक राईले गोल गरे । एभरेष्टका मनिष आले मगर र शक्ति गुरुङले गोल गरे । खेलमा एभरेष्टले यात्राविरुद्ध सुरुवाती २ गोलको अग्रता लिएको थियो । १५ औं मिनेटमा मनिषले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा शक्तिले गोल गर्दै एभरेष्टको अग्रता दोब्बर बनाए । दुई गोलले पछि परेको यात्रा पहिलो हाफको अन्त्य तिर खेलमा फर्कियो ।

    पहिलो हाफको अन्तिम २ मिनेटमा दुई गोल गर्दै यात्राले कमब्याक गर्‍यो । ३९ औं मिनेटमा सुरजले हेडर गोल गर्दै यात्रालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ४० औं मिनेटमा प्रविणले सुन्दर गोल गर्दै बराबरी गरे । बराबरी गरेपछि उत्साहित देखिएको यात्राले दोस्रो हाफमा थप एक गोल गर्‍यो । ५६ औं मिनेटमा यात्राका बिबेकले ट्याप इन गोल गर्दै एभरेष्टलाई निराश पारे । बाँकी समयमा गोल भएन र यात्रा ३-२ ले बिजयी भयो । खेलको म्यान अद दि म्याच यात्राका प्रविण श्रेष्ठ चुनिए ।

    लिगमा बिहीबारबाट चौथो चरणको खेल सुरु हुनेछ । चौथो चरणको पहिलो खेलमा बिहीबार दिउँसो १ बजे केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) भिड्नेछन् । बिहीबारको दोस्रो खेल दिउँसो ३:३० बजे माडी ११ र पानस युवा समाजवीच हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा १३ टोली सहभागि छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.