काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज ९आइतबार०को मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको महाशाखाले जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। जारी सूचनाका अनुसार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राती देशभर साधारणतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








