• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवन जिल्ला लिग : चार चरण सकिँदा यस्तो छ अंक तालिका

  •   आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको चौथो चरणका खेलहरु सम्पन्न भएको छ । चौथो चरणका खेलहरु बिहीबार सम्पन्न भएको हो ।

    आज (आइतबार) बाट पाँचौ चरणका खेलहरु सुरु हुनेछ । आज पाँचौ चरणको एक मात्र खेल हुनेछ । पाँचौ चरणको पहिलो खेलमा दिउँसो ३ बजे नारायणी मोटर्स युनिक क्लब बसेनी र वातासिनो जि ब्वाइज गीतानगर  भिड्नेछन् ।

    चार चरण सकिँदा यस्तो छ अंक तालिका

    जिल्ला लिगमा १३ टोली सहभागि छन् । सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा सात टोली छन् भने ‘बी’ मा ६ टोली रहेका छन् ।

    चार चरणको खेल सकिँदा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) समूह ‘ए’ को शिर्ष स्थानमा छ । उसले चारै खेलमा जित हात पार्दै तालिकामा १२ अंक बनाएको छ । बिएफसी जारी लिगमा शतप्रतिशत नतिजा निकाल्ने एक मात्र टिम हो ।

    यही समूहको दोस्रो स्थानमा साबिक बिजेता सौराहा युवा समाज रहेको छ । लिगमा अपेक्षित सुरुवात गर्न नसकेको सौराहाको चार खेलबाट ६ अंक भएको छ । सौराहा जारी लिगमा अपराजित रहे पनि सुरुवाती तीन खेलको नतिजा भने सुखद भएन । सौराहा सुरुवाती तीन खेलमा बराबरीमा रोकिएको थियो । उसले लिगका चार मध्ये एक खेलमा मात्रै जित हात पारेको छ ।

    पानस युवा क्लब यही समूहको तेस्रो स्थानमा छ । उसले खेलेका ३ खेल मध्ये एकमा जित, एकमा हार व्यहोरेको छ भने एक खेल बराबरीमा सकिएको छ । तालिकामा पानसको ४ अंक छ । समान अंक भए पनि माडी ११ हेड टु हेडमा पछि पर्दै चौथो स्थानमा छ । चार खेल खेलेको माडीले एक खेलमा जित हार पार्दा अर्को खेल बराबरीमा रोकिएको थियो । माडीले लिगमा दुई खेलमा पराजय भोगेको छ ।

    तीन खेल खेलेको नारायणगढ फुटबल क्लब (एनएफसी) २ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एनएफसी दुई खेलमा बराबारी रोकिएको छ भने एक खेलमा पराजित भएको छ । समान खेलबाट समान अंक बनाएको युनिक क्लब बसेनी हेड टु हेडका आधारमा छैटौं स्थानमा छ । यो समूहबाट जि ब्वाइज गीतानगर रेलिगेसन जोनमा छ । तालिकामा उसको एक अंक मात्रै छ । तीन मध्ये एक खेलमा बराबरीमा रोकिएको गीतानगर दुई खेलमा पराजित भएको छ ।

    समूह ‘बी’ को शिर्ष स्थानमा सेन्ट्रल कलेज एभरेष्ट क्लब बसेनी छ । निकै प्रतिस्पर्धात्मक देखिएको यो समूहमा एभरेष्टको चार खेलबाट ९ अंक भएको छ । एभरेष्टले चार मध्ये तीन खेलमा जित हात पार्दा एक खेलमा पराजित भएको छ ।

    समान अंक रहेको साबिक उपबिजेता रामपुर फुटबल क्लब रड्स हेड टु हेडमा पछि पर्दै तालिकाको दोस्रो स्थानमा छ । रामपुरले पनि चार मध्ये तीन खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको छ ।

    जारी लिगमा अप्रत्यासित प्रदर्शन गरिरहेको यात्रा ग्रुप भरतपुर तालिकाको तेस्रो स्थानमा छ । यात्राले चार खेलबाट ७ अंक बनाएको छ । उसले चार मध्ये दुई खेलमा जित हात पार्दा एक खेल बराबरीमा रोकिएको छ । एक खेलमा भने यात्रा पराजित भएको छ ।

    यात्राले दुबै खेल तुलनात्मक रुपमा बलियो मानिएको टोलीविरुद्ध जितेको छ । अंक तालिकाको शिर्ष दुईमा रहेका रामपुर र एभरेष्टलाई यात्राले स्तब्ध पारेको थियो । रामपुर र एभरेष्टले लिगमा एक एक खेल हारेका छन् । यि दुबै |टोली यात्रासँग पराजित भएका हुन् ।

    कमजोर सुरुवात गरेको नारायणी अंक तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा नै फराकिलो हार व्यहोरेको नारायणीको चार खेलबाट ६ अंक छ । दुई खेलमा बिजयी भएको नारायणी समान दुई खेलमा भने पराजित भएको छ ।

    बलियो आँकलन गरिएको हर्दी युवा समाज तालिकाको पाँचौ स्थानमा छ । अपेक्षित प्रदर्शन गर्न नसकेको हर्दीले चार खेलबाट ४ अंक नै बनाएको छ । एक खेल जितेको हर्दी एक खेलमा बराबरीमा रोकिएको छ । दुई खेलमा भने हर्दी पराजित भएको छ ।

    फिनिसिङमा कमजोर देखिएको एस्ट्रल युथ सोसाइटी यो समूहबाट रेलिगेसनमा परेको छ । चार खेल खेलिसक्दा एस्ट्रल अझै अंकबिहिन छ । एस्ट्रल अहिलेसम्मका चारै खेलमा पराजित भएको छ । जारी लिगमा अहिलेसम्म अंकबिहिन हुने एस्ट्रल एक मात्र टोली हो । एस्ट्रलले लिगमा अब एक खेल मात्र खेल्न बाँकी छ । उक्त खेलको कुनै पनि नतिजाले एस्ट्रलमा रेलिगेसनबाट जोगाउने छैन ।

    चार चरणमा ७१ गोल

    लिगमा चार चरणका खेल सकिँदा ७१ गोल भएका छन् । समूह ‘ए’ बाट ३६ तथा ‘बी’ बाट ३५ गोल भएका छन् । सबै भन्दा धेरै गोल गर्ने टिमहरु बिएफसी र एभरेष्ट हुन् । दुबै समूहका शिर्ष स्थानमा रहेका यि दुई टोलीले अहिलेसम्म समान १३-१३ गोल गरेका छन् । तर बिएफसीले एक गोल मात्रै खाँदा एभरेष्टले चार गोल खाएको छ ।

    रामपुरले आठ, सौराहा र माडीले समान ६-६, यात्रा, नारायणी र हर्दीले समान चार-चार, पानस, युनिक र जि ब्वाइजले समान तीन-तीन तथा एनएफसी र एस्ट्रलले समान दुई-दुई गोल गरेका छन् ।

    जारी लिगमा सब भन्दा धेरै गोल खाने टिम एस्ट्रल हो । उसले अहिलेसम्म १२ गोल खाएको छ । सबै भन्दा कम गोल खाने टिम बिएफसी हो । उसले अहिलेसम्म एक गोल मात्रै खाएको छ । लिगमा १०० औं गोल गर्ने खेलाडीलाई बिशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.