• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवन जिल्ला लिगमा पानसको सानदार जित

  •   सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा पानस युवा क्लबले सानदार जित हात पारेको छ । आज (सोमबार) भएको दोस्रो खेलमा पानसले नारायणगढ फुटबल क्लब (एनएफसी) लाई ४-० ले पराजित गरेको हो । खेलमा सुरुवात देखि नै पानसले एनएफसीलाई दबाबमा राखेको थियो । पानसको जितमा अमिस महतोले दुई तथा सचिन तामाङ र अशोक टाडीले समान एक-एक गोल गरे । खेलको सातौं मिनेटमा नै सचिनको गोलबाट पानसले अग्रता लिएको थियो ।

    पहिलो हाफमा एक गोल गरेको पानसले दोस्रो हाफमा तीन गोल थप्यो । ६२ औं मिनेटमा अमिसले गोल गर्दै पानसलाई २-० को अग्रता दिलाए । ७० औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गरेपछि पानसले खेलमा ३-० को अग्रता लियो । निर्धारित समयको अन्तिम मिनेटमा अशोकले गोल गर्दै पानसलाई ४-० को जित दिलाए । खेलको म्यान अफ दि म्याच पानसका मिडफिल्डर आकाश थापा मगर घोषित भए । जितपछि पानस चार खेलबाट सात अंक बटुल्दै समूह ‘ए’ को तेस्रो स्थानमा उक्लिएको छ ।

    सुरुवाती दुई खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको पानस पछिल्ला दुई खेलमा भने लयमा फर्किएको छ । पानस शिर्ष स्थानको केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) भन्दा ५ अंक तथा दोस्रो स्थानको सौराहा युवा समाज भन्दा २ अंकले पछि छ । तर पानसले शिर्ष दुई टोलीले भन्दा एक खेल कम खेलेको छ । एनएफसी भने चार खेल २ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा झरेको छ । यस अघि आजको पहिलो खेलमा सञ्जय चौधरीको दुई गोलको मद्तमा सौराहा युवा समाजले कमब्याक जित हात पारेको छ ।

    सौराहाले बिएफसीविरुद्ध ३-२ को कमब्याक जित हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन सञ्जयले दुईसँगै सुरज पन्तले एक गोल गरे । बिएफसीका राजन गुरुङ र राज भुसालले एक-एक गोल गरे । खेलमा अग्रता भने बिएफसीले अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा नै राजनले गोल गर्दै बिएफसीलाई अग्रता दिलाएका थिए । लगत्तै छैटौं मिनेटमा राजले बिएफसीलाई दोहोरो अग्रता दिलाए । दुई गोलले पछि परेको सौराहा पहिलो हाफमा नै खेलमा फर्कियो ।

    २९ औं मिनेटमा सञ्जयले गोल गर्दै सौराहालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ३३ औं मिनेटमा सञ्जयले ब्यक्तिगत दोस्रो गोल गर्दै खेलमा बराबरी गरे । दोस्रो हाफमा सौराहाले थप एक गोल गर्‍यो । ६६ औं मिनेटमा सुरजले कर्नरमा सुन्दर हेड गोल गर्दै सौराहालाई कमब्याक जित दिलाए । खेलको म्यान अफ दि म्याच सौराहाका सञ्जय चुनिए । यो हारसँगै बिएफसीको अपराजित यात्रामा टुङ्गिएको छ । बिएफसी यस अघिका चार खेलमा अपराजित थियो । जितसँगै समूह ‘ए’ मा रहेको सौराहाले ५ खेलबाट ९ अंक बनाएको छ। सौराहा तालिकाको दोस्रो स्थानमा यथावत छ । समान खेल खेलेको भरतपुर १२ अंकका साथ पहिलो स्थानमा छ ।

    लिगमा मंगलबार पनि दुई खेल हुनेछ । मंगलबारको पहिलो खेलमा दिउँसो १ बजे नारायणी फुटबल क्लब र दोस्रो खेलमा दिउँसो ३:३० बजे एस्ट्रल युथ सोसाइटी र बगान यात्रा ग्रुपबीच हुनेछ । शिर्ष दुईमा रहँदै सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न मंगलबारको खेल जित्नै पर्ने दबाब छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.