• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

अन्तिम खेल पराजित हुँदै यात्रा जिल्ला लिगबाट बाहिरियो

  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । समूह चरणको अन्तिम खेलमा पराजित हुँदै बगान यात्रा ग्रुप सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको समूह चरणबाटै बाहिरिएको छ । आज (मंगलबार) भएको दोस्रो खेलमा समूह ‘बी’ बाट रेलिगेसनमा परेको एस्ट्रल युथ सोसाइटीसँग पराजित हुँदै यात्रा बाहिरिएको हो । सेमिफाइनल सम्भावना जिवितै राख्न जित्नै पर्ने खेलमा यात्रा ३-० ले पराजित भयो । यात्राको हारको फाईदा शिर्ष दुई टोली सेन्ट्रल कलेज एभरेष्ट क्लब बसेनी र रामपुर फुटबल क्लब रड्सलाई पुगेको छ ।

    यि दुई टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् । आजको खेलमा एस्ट्रललाई जिताउन राहुल दुरा, सुबिन दुरा र पर्वत श्रेष्ठले गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको तिनै गोल दोस्रो हाफमा भएको थियो । खेलको ५१ औं मिनेटमा राहुलले गोल गर्दै एस्ट्रललाई अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा पर्वतले गोल गर्दै एस्ट्रलको अग्रता दोब्बर बनाए । अतिरिक्त समयको अन्तिम मिनेटमा सुबिनले गोल गरेपछि एस्ट्रल ३-० ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच एस्ट्रलका देव दुरा चुनिए । लिगमा एस्ट्रलको यो एक मात्र जित हो । रेलिगेसनमा पर्दै समूह चरणबाट बाहिरिएको एस्ट्रल यस अघिका चारै खेलमा पराजित भएको थियो ।

    आजको जितपछि समूहको पुछारमा रहँदै यस अघि नै बाहिरिसकेको एस्ट्रलको पाँच खेलबाट ३ अंक भएको छ । यात्राले ७ अंकका साथ चौथो स्थानमा रहँदै लिग टुङ्गाएको छ । यता हर्दीले समूह ‘बी’ को तेस्रो स्थानमा रहँदै लिग टुङ्गाएको छ । आजको पहिलो खेलमा नारायणी फुटबल क्लबलाई २-१ ले पराजित गरेपछि हर्दी तालिकाको तेस्रो स्थानमा उक्लिको हो । हर्दीको जितमा सुनिल लामा र सन्तोष तामाङले गोल गरे । नारायणीका अमृत श्रेष्ठले एक गोल फर्काए ।

    खेलको ३६ औं मिनेटमा सुनिलको गोलमा हर्दीले अग्रता लिएको थियो । पहिलो हाफमा हर्दी १-० ले अघि रह्यो । दोस्रो हाफमा नारायणी बराबरी गोल फर्कायो । ४३ औं मिनेटमा अमृतले गोल गर्दै खेलमा १-१ को बराबरी गरे । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा सन्तोषले निर्णायक गोल गर्दै हर्दीलाई २-१ को जित दिलाए । खेलको म्यान अफ दि म्याच हर्दीका सुनिल लामा चुनिए । समूह ‘बी’ मा रहेको हर्दीको पाँच खेलबाट ७ अंक भएको छ ।

    समान खेलबाट ६ अंक बनाएको नारायणीले तालिकाको पाँचौ स्थानमा रहँदै लिग टुङ्गाएको छ । लिगमा बुधवार पनि दुई खेल हुनेछ । बुधवारको पहिलो खेलमा एभरेष्ट क्लब बसेनी र रामपुर फुटबल क्लब रड्स भिड्नेछन् । एक खेल अगावै सेमिफाइनल पुगेका यि दुई टोलीबीचको खेल समूह बिजेताका लागि हुनेछ । चार खेल खेलेको एभरेष्ट तीन जित र एक हारबाट ९ अंक बनाउदै समूह ‘बी’ को शिर्ष स्थानमा छ । समान खेलबाट समान अंक बनाएको रामपुर हेड टु हेडका आधारमा दोस्रो स्थानमा छ ।

    बुधवारको दोस्रो खेल समूह ‘ए’ मा रहेका वातासिनो जि ब्वाइज र नारायणी फुटबल क्लबबीच हुनेछ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.