नवलपुर । पूर्वी नवलपरासी जिल्लामा सोमबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपुरको बिनयी त्रिबेणी ७ का २४ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । सोमबार संक्रमण पुष्टि भएका ती युवक भारतको हैदरावादबाट आएका हुन् । उनी सोही पालिकाको क्वारेन्टाईनमा बसेका थिए । गत असार १९ गते २४ स्वाव नमूना संकलन गरि परीक्षणका लागि हेटौडा पठाइएकोमा १ जनामा मात्र पोजेटिभ देखिएको हो । वाँकी २३ स्वाव भने नेगेटिभ आएको छ । यो सँगै नवलपुरमा कोभिड १९ संक्रमितको संख्या २ सय ५८ पुगेको छ । तीमध्ये १ सय ६ जना डिस्चार्ज भएका छन् ।








