• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनमा विकास खर्च ज्यादै न्यून, गत आवको तुलनामा आधा मात्र खर्च

  •   मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं सत्ता गठबन्धनका मुख्य नेता पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा पुँजीगत (विकास) खर्च न्यून देखिएको छ । प्रचण्ड मात्र नभएर चितवन गृहजिल्ला भएका नेताहरुको पहुँच राष्ट्रिय राजनीतिमा बलियो छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रामबहादुर थापा बादल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, विनाविभागीय मन्त्री उमेश श्रेष्ठलगायत थुप्रै नेता भएको चितवनमा चालु आव २०७८/७९ को छ महिनामा गत आवको यसअवधिमा भन्दा आधा मात्रै पुँजीगत खर्च भएको छ ।

    कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार चालु आवको छ महिनामा संघतर्फ १० प्रतिशत र प्रदेशतर्फ ८ प्रतिशत मात्र विकास खर्च भएको छ । गत आव २०७७/७८ को छ महिनामा नै संघतर्फ करिब २० प्रतिशत पुँजीगत खर्च भएको थियो ।

    यस आवको छ महिनामा चालु खर्च भने संघतर्फ ४७ प्रतिशत र प्रदेशतर्फ २८ प्रतिशत खर्च भएको छ । चितवनमा संघीय सरकारको मातहत स्थानीय तहसहित ७५ वटा कार्यालय छन् । प्रदेश सरकारको मातहत २३ वटा कार्यालय छन् ।

    चितवनलाई यस आवको लागि संघबाट नौ अर्ब ८० करोड ५० लाख ९६ हजार र प्रदेशबाट दुई अर्ब ५९ करोड ९६ लाख १७ हजार पुँजीगत बजेट प्राप्त भएको थियो । पुस मसान्तसम्म संघतर्फ एक अर्ब एक करोड २० लाख ९६ हजार र प्रदेशतर्फ २१ करोड २८ लाख ४८ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

    पुँजीगत खर्च गत आवमा भन्दा पनि कम हुनुमा विभिन्न कारणले असर गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपाने बताउँछन् । ‘१५ जेठमा प्रस्तुत गरिएको बजेटलाई वर्तमान सरकारले संशोधन गरेपछि तल्ला निकायमा अन्याेल सिर्जना भयो । यसअघि परेका योजना र बजेट फेरि पर्छन् कि पर्दैनन् भन्ने भयो’, उनी भन्छन्, ‘बजेट खर्च गर्ने निकायले योजनालाई अगाडि बढाउन पाएनन् । केही दिन त बजेट होलिडे नै भयो ।’

    त्यसका अलवा कोभिडको प्रभाव पनि रहेको उनले बताए । त्यतिमात्र नभएर आयोजनाको काम सुरु गर्दा पुरा गर्नुपर्ने झन्झटिलो र लामो कागजी प्रक्रियाका कारण पनि यस आवको हालसम्म गत आवको यसअवधिमा जति पनि पुँजीगत खर्च हुन नसकेको उनी बताउँछन् ।

    संघतर्फको सघन शहरी तथा भवन निर्माण आयोजनाले छ महिनामा ३३ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । आयोजनाले यस आवको लागि एक अर्ब ४१ करोड ३३ लाख ७३ हजार रुपैयाँ पुँजीगत बजेट प्राप्त गरेकोमा पुस मसान्तसम्म ४७ करोड १७ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ ।

    सडक डिभिजनले पुस मसान्तसम्म १७ प्रतिशत पुंजीगत खर्च गरेको छ । डिभिजनले यस आवको लागि एक अर्ब ४९ करोड ९७ लाख ६० हजार पुँजीगत बजेट प्राप्त गरेकोमा छ महिनामा २६ करोड २४ लाख ९८ हजार रुपैयाँ मात्र खर्च गर्न सफल भएको हो ।

    नारायणगढ मुग्लिन सडक आयोजनाको लागि यस आवमा चार अर्ब ३५ करोड ४२ लाख पुँजीगत बजेट विनियोजन भएकोमा सात करोड ९६ लाख ६४ हजार रुपैयाँ अर्थात् एक प्रतिशत मात्र खर्च गरेको छ । नारायणगढ-मुग्लिन सडक खण्डमा सडक मर्मत तथा पुल निर्माणको काम भइरहेको छ ।

    प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालयले ७ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गरेको छ । यस कार्यालयले चालू आवको लागि एक अर्ब ७३ करोड ६२ लाख ५० हजार पुँजीगत बजेट प्राप्त गरेकामा पुस मसान्तसम्म १२ करोड ७६ लाख ७९ हजार रुपैयाँ मात्र खर्च गरेको छ ।

    नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन डिभिजनले २६ करोड ४५ लाख प्राप्त गरेकोमा एक करोड २५ लाख दुई हजार (४ प्रतिशत) र जलस्रोत तथा सिँचाइ विकास डिभिजनले २५ करोड ८७ लाख ५० हजार प्राप्त गरेकामा तीन करोड ३३ लाख ८० हजार (१२ प्रतिशत) खर्च गरेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.